शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पर्खाल नाघेर सिबिआईले समात्यो भारतका पूर्वमन्त्री पी चिदम्बरमलाई 

पर्खाल नाघेर सिबिआईले समात्यो भारतका पूर्वमन्त्री पी चिदम्बरमलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँदिल्ली- भ्रष्टाचारको आरोपमा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सिबिआई)को टोलीले उनको घर पर्खाल नाघेर उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

भष्ट्राचार अभियोगमा सिबिआइको टोली पक्राउ पूर्जी सहित जोरबागमा रहेको उनको घर पुगेको थियो। तर, उनको गेट नखुलेपछि सिबिआइका अधिकारी र प्रहरी पर्खाल र ढोका नाघेर घर भित्र प्रवेश गरेका थिए।

घर भित्र प्रवेश गरेपछि चितम्बरमसँग सिबिआइका अधिकारीहरुले करिब आधा घण्टा सोधुपछ गरेका थिए। सोधपुछपछि चितम्बरमलाई पक्राउ गरी सिबिआइ मुख्यालय लगिएको छ। 

सिबिआइले उनलाई पक्राउ गर्दा कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । नाराबजी चल्दै गर्दा कांग्रेस र भाजपाका कार्यकर्ताबीच झडप समेत भएको थियो। भारतका अर्थ मन्त्री र गृह मन्त्री रहिसकेका चितम्बरम कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।  

सिबिआईले ७३ वर्षीय चिदम्बरम माथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन्२००८मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।