शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. आईएनएक्स मिडिया घोटाला मामिलामा पूर्व भारतीय केद्रीय वित्त मन्त्री पी. चिंदबरममाथि गिरफ्तारीको खतरा मडारिएको छ। अहिले चिदंबरम भूमिगत अवस्थामा छन्। भारतीय केन्द्रीय जाँच एजेन्सीहरु सीबीआई तथा ईडीका जाँचकी टीम सावधानीपूर्वक उनको खोजीमा लागेका छन्।

२. अमेरिकाको शीर्ष महिला सांसद डायने फेन्स्टीनले ट्रम्प प्रशासनलाई भारतसँगको व्यापार मोर्चामाथि भएको तनावलाई चाँडो सुल्झाउँन अपील गरेका छन्। उनका अनुसार यस प्रकारको विवादले कसैको फाईदा हुँदैन।

३. जम्मू-कश्मीरबाट धारा ३७० हटाउने बित्तिकै पाकिस्तान अलि आत्तिएको पाइएको परराष्ट्र विज्ञहरु बताउँछन्। पाकिस्तानको इमरान सरकारले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएको छ। पाक मीडिया यिनै कुराहरुलाई अहिले प्राथमिकताका साथ उठाइरहेका छन्। पाकिस्तानले यस मुद्दालाई यूएनएससीमा पनि उठाएको थियो।

४. साउदी अरबमा २१ वर्ष भन्दामाथिका महिलाहरुलाई राहदानी प्राप्त गर्ने एवम् कुनै पुरुष संरक्षक बिना नै विदेश यात्राको अनुमति दिईने सम्बन्धी ऐतिहासिक सुधारका कानुन लागू गरेको छ।

५. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक फेरि कश्मीर मुद्दामा आफूले मध्यस्थता गर्न सक्ने बताएका छन्। यसभन्दा ठिक पहिले उनले फोनमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री इमरान खानसँग कुरा गरेका थिए।

६. भारत सरकारद्वारा धारा ३७० लाई हटाउनु या कायम राख्नु उसको आन्तरिक कुरा भएको बंगलादेशले प्रष्ट्याएको छ। साथै बंगलादेश सदैव क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको बताएको छ।

७. चीनसँग अहिले एशिया आसपास रहेका अमेरिकी सैन्य बेसलाई तहसनहस पार्नसक्ने क्षमता सहितको सैन्य बल रहेको एक अन्वेषणले देखाएको छ। एशियामा अमेरिकाको सैन्य बेसहरु गुआम, जापान, सिंगापुर तथा दक्षिण कोरियामा रहेका छन्।

८. चिनियाँ दूतले यमनमा जारी हिंसालाई अन्त्य गर्न अत्यन्तै संयमता एवं उच्च सचेतता आवश्यक रहेको छ। यमनको आदेन शहर आसपास भएका सबै किसिमका द्वन्द्वहरुलाई उच्च सावधानीपूर्वक हेरिनु पर्ने र हतारमा कुनै निर्णय लिँदा अनावश्यक सामरिक झन्झट आई पर्नसक्ने तर्फ ध्यानाकर्षण गरेका छन्।

९. डेनिस प्रधानमन्त्री म्याटे फ्रेडिक्सेनले ग्रिनल्याण्ड आफूहरुको सार्वभौम भूभाग भएको भन्दै यसबारे अमेरिकी राष्ट्रपतिको भनाई अर्थहीन रहेको बताएकी छन्।

१०. पर्यावरण अधिकारकर्मीहरुले दक्षिण अमेरिकाको अमेजन वर्षावन क्षेत्रमा लागिरहेको डढेलो हालसम्मकै भयावह भएको चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।