शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चीनले व्यवसायिक प्रयोजनका लागि आफ्नो रकेट शनिबार सफलतापूर्वक प्रक्षपण गरेको छ। चीनको सरकारी टेलीभिजन च्यानल सीसीटीवीका अनुसार चीनको सरकारी स्पेस एजेन्सीले देशको निजी कम्पनीलाई पनि अन्तरिक्ष क्षेत्रमा समावेश गर्ने बताएको छ।

२. ब्राजिलको बातावरण मन्त्रालयले आधारभूत सरसफाईका लागि ५०० मिलियन अमेरिकी डलर ऋण लिने भएको ब्राजिली सरकारले जनाएको छ। 

३. इजरायली फौजले शनिवार गाजा पट्टीमा रहेका प्यालेस्टाइन लडाकुहरुका शिविरमा आक्रमण गरी ध्वस्त पारीदिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

४. चिनियाँ सरकारका सामाजिक दूतले वातावरण परिवर्तन विश्व मानवका निमित्त ठूलो चुनौति रहेको र यस विरुद्ध लड्न चौतर्फी रुपमा अन्तरराष्ट्रिय साझेदारी आवश्यक हुने बताएका छन्। 

५. उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफेन बिएगनले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

६. दक्षिण अफ्रिकाको सोवेटो नगरमा आप्रवासीहरुले सञ्चालन गर्दै आएका विविध व्यवसायमा स्थानीयले लूटपाट मच्चाएका छन्। उक्त घटनापछि प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिएको त्यहाँको प्रहरीले बताएको छ। 

७. इटालीका प्रधानमन्त्री जिउसेप्पे र उनका प्रतिद्वन्द्वी माटिओ साल्भिनीबीच भएको विवादले नयाँ रुप लिएको छ। प्रधानमन्त्री जिउसेप्पेले आप्रवासीहरुलाई नियन्त्रण गर्न सही निर्णय लिन नसकेका कारण आज मुलुकले नयाँँ संकट ब्यहोर्नु परेको बताए।

८. अमेरिकी सीमा तथा भन्सार सुरक्षा प्रणालीमा  जडान  गरिएको कम्प्युटर प्रणालीमा धेरै समस्याहरु आएका कारण भन्सार तथा सीमा रक्षा जिम्मा लिएको सरकारी संयन्त्रको कार्य कुशलतामाथि नै प्रश्न उठेको छ।

जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल न्युयोर्क, लस एन्जल्स विमानस्थल, डल्लास विमानस्थल आदि भन्सार कार्यालयहरुमा यस्तो समस्या देखिएको हो। 

९. क्रोसा नामको सामुद्रिक तुफानले जापानको तटीय क्षेत्रमा ताण्डब मच्चाएका लाखौं विस्थापित भएका छन्।

१०. बंगलादेशमा ३१ हजार ५ सय ३८ भन्दा बढी डेंगु ज्वरोका विरामीहरु भएको एउटा मेडिकल रिर्पोटले देखाएको छ।

गत जनवरी महिनादेखि हालसम्म बंगलादेशमा ४९ हजार ९ सय ९९ जना डेंगुका विरामीहरु फेला परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।