आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थ आयात

एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थ आयात

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो महिनाको तथ्यांकअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो महिनाको तथ्यांकअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।

गत आव २०७७/०७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो। सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो।

यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्च वृद्धि भएको हो। गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो। गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो।

गत आव २०७७/०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। त्यस्तैगरी नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो। गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो।

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ। एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात भएको छ।

एक महिनाका अवधिमा १०२ देशबाट एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ। सबैभन्दा धेरै आयात भारतबाट भएको छ।
आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा छ। नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ। एक महिनामा नेपालबाट रु ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ।

एक महिनाका अवधिमा १०२ देशबाट एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ। सबैभन्दा धेरै आयात भारतबाट भएको छ।

भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ। भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ। चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ। एक महिना अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड बराबरको निर्यात भएको छ। 

प्रकाशित: Aug 27, 2021| 16:19 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्