आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रक्षेपणविपरीत १० प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

प्रक्षेपणविपरीत १० प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

राष्ट्र बैंकले बिहीबार जारी गरेको गत आवको विवरण अनुसार अघिल्लो आव २०७६/७७ को तुलनामा ९.८ प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब ५ करोड नेपालमा भित्रिएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालमा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको गत आवको विवरण अनुसार अघिल्लो आव २०७६/७७ को तुलनामा ९.८ प्रतिशत बढेर ९ खर्ब ६१ अर्ब ५ करोड नेपालमा भित्रिएको हो। 

कोरोनाका कारण विदेशमा नेपालीहरुले काम नपाउने र कतिपय घर फर्कने भएका कारण १० प्रतिशत बिन्दूले रेमिट्यान्स घट्ने प्रक्षेपण विभिन्न सरकारी निकायले गरेका थिए। तर प्रक्षेपण विपरीत नेपाल भित्रने रेमिट्यान्स करिब १० प्रतिशत वृद्धि भएको हो। 

कोभिड-१९ का कारण मानिसहरुको निषेधाज्ञा जारी भएपछि नेपालमा हुन्डीलगायत अनौपचारिक क्षेत्रबाट भित्रने रेमिट्यान्सको हिस्सा घटेकोकाले औपचारिक प्रणालीमार्फत् भित्रने रेमिट्यान्स बढेको देखिएको हो। 

आव २०७५/७६ को तुलनामा २०७६/७७ मा नेपाल भित्रने रेमिट्यान्स ०.५ प्रतिशतले घटेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो। 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत आवमा ४६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो।

प्रकाशित: Aug 26, 2021| 17:03 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्