आइतबार, असोज १८, २०८३

एक महिनाकै व्यापार घाटा १ खर्ब ३० अर्ब

भन्सार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख नाघेको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९को पहिलो (साउन) महिनामै नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब ३० अर्बभन्दा बढी पुगेको छ। भन्सार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख नाघेको हो।

विभागका अनुसार आवको पहिलो महिना साउनमा मात्रै विदेशी वस्तु आयातमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ बाहिरिएको छ। साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको निर्यात गरेको छ।

यसरी हेर्दा साउनको व्यापार घाटा झन्डै १ खर्ब ३० अर्ब व्यापार घाटा भएको हो। गत वर्ष साउनको तुलनामा यस वर्ष साउनमा ७५.६६ प्रतिशत आयात बढेको छ भने निर्यात ११५.८५ प्रतिशत वृद्धि भएको विभागको तथ्यांक छ। 

गत वर्ष साउनमा नेपालको वैदेशिक व्यापार घाटा ७६ अर्ब १८ करोड ७९  लाख ४० हजार रुपैयाँ थियो। यस वर्षको मुलुकको वैदेशिक व्यापार घाटा ७०.५९ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ।

प्रकाशित: Aug 26, 2021| 16:25 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्