काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य भने स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। बुधबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेर प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यस्तै, तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ छ। बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको छ।