आइतबार, असोज १८, २०८३

अपाङ्गमैत्री छैनन् नेपालका तारेहोटल

नेपालका तारे होटेल अपाङ्गमैत्री नरहेको पाइएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाजले गरेको अध्ययन अनुसार अपाङ्गता भएका पर्यटक (पाहुना)का लागि तारे होटेल पहुँचयोग्य नरहेको पाइएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- नेपालका तारे होटेल अपाङ्गमैत्री नरहेको पाइएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाजले गरेको अध्ययन अनुसार अपाङ्गता भएका पर्यटक (पाहुना)का लागि तारे होटेल पहुँचयोग्य नरहेको पाइएको हो। 

पहुँचयोग्य पर्यटनको सम्बन्धमा व्यवसायीहरूलाई थाहा भए पनि होटेलका संरचना भने पहुँचयोग्य नभएको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ। 

अधिकांश संरचना पुराना भएका कारण पहुँचयोग्य पर्यटनमैत्री होटेल संरचना हुन नसकेको व्यवसायीको प्रतिक्रिया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी संरचना नभएका कारण  त्यस्ता होटेलमा पाहुनासमेत आकर्षित नहुने अध्ययनले देखाएको छ।

अपाङ्गता भएका व्यक्रिका लागि आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले र्‍याम्प, ह्विलचियरलगायतका पूर्वाधार राखिनुपर्ने भए पनि नेपालका तारे होटेलमा त्यस्तो व्यवस्था नभएको अध्ययनको निष्कर्ष रहेको छ। होटेलहरूमा पहुँचयोग्य पर्यटनको बारेमा सरकारी निकायसमेत अनविज्ञ रहेको अध्ययनले देखाएको छ।

प्रकाशित: Aug 26, 2021| 09:17 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्