बुधबार, साउन २७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार २४ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

असारे विकासको पराकाष्टा : बझाङपछि अछाममा पनि चल्यो रोपेकै खेतमाथि डोजर

अछामको कमलबजार नगरपालिका-५ कुईकाका राम प्रसाद  बजगाई मगलबार बिहान खेतमा पुग्दा छाँगाबाट खसे झैं भए।

आजको भिडियो बुलेटिन

राजधानीमा मंगलबार भएका केही कार्यक्रम र घटनालाई यहाँ भिडियोमा समेटिएको छ।

'आर्थिक वृद्धि हुने क्षेत्रमा मात्रै लगानी बढाऔं'

नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिदर हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ। 

भ्रष्टाचार लुकाउन प्रदेश सरकारको यस्तो षड्यन्त्र 

प्रदेशसभाले अनुमोदन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन लत्याउँदै भ्रष्टाचारसम्बन्धी एक घटनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वयं छानबिन थालेको छ।

'विषादी' र 'छौंडा'पछि बालुवाटारमा बबण्डर

विषादी प्रकरणले तनावमा रहेको बालुवाटारलाई छौंडा कान्डले झापड दिएपछि बबन्डर मच्चिएको छ। 

काठमाडौं फन भ्यालीले छल्यो लाखौंको कर

सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ। कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । 

गृहमन्त्रीको जवाफ : बाटो खुलाउँदा सिंहको र मुठभेटमा पौडेलको मृत्यु   

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्लाहीको इश्वरपुरमा बाटो खुलाउँदा सरोज नारायण सिंह मृत्यु भएको दाबी गरेका छन्।

मन्त्रिपरिषद्को ४ घण्टे आकस्मिक बैठकमा के के भयो ? 

आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषद्को बैठकमा विषादी परिक्षण रोक्ने विषयमा चर्का चर्की भएको छ।

‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गोली चलाएर लोकतन्त्रको रक्षा हुने हो? भने प्रश्न गरेको छ।

नेपालले एसिया कप क्रिकेट खेल्ने पक्का

नेपाली यू-१९ क्रिकेट टोलीले सेप्टम्बरमा आयोजना हुने युथ एसियन कप खेल्ने पक्का भएको छ । 

उपमेयरले भनिन्, 'मलाई केही भए मेयरलाई समाउनु' 

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर आफ्नै पार्टीबाट निर्वाचित मेयरसँग आतंकित भएकी छिन्। राजपाबाट निर्वाचित उपमेयर रेणु झाले नगरपालिकाका मेयर रामज्ञान मण्डलले धम्की दिने गरेको सार्वजनिक रुपमै आरोप लगाएकी छिन्।

भैंसी बेचेको भन्दै आमाको हत्या

पर्सामा एक युवकले भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन्।

राष्ट्रिय सभाबाट बजेट पारित

राष्ट्रियसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ। 

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, कुन राशिका लागि राम्रो ?

असार ३१ गते मङ्गलबार शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण छिट्टै सुरु हुने

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ।

जर्नेलले 'एनडिसी कोर्स'  अब स्वदेशमा पनि गर्न पाउने 

नेपाली सेनाले आफ्नै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्नका लागि प्रकिया थालेको छ।

प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी र फलफूल उपहार

आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दवाव दिएको छ।

विषादी परीक्षण नगर्ने निर्णयविरुद्ध रिट

भारतबाट आयात हुने सागसब्जी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ।

भैंसेपाटी प्रहरी हिरासतबाटबाट तीन थुनुवा भागे 

ललितपुरको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागको हिरासतबाट तीन थुनुवा फरार भएका छन्। 

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।

प्रहरी पुगेपछि मलामीको भागाभाग

धनुषामा एक युवतीको शव जलाइरहेको स्थानमा प्रहरी पुगेपछि मलामीहरुको भागाभाग भएको छ।

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा नेपाली महिला नियुक्त भएकी छिन् ।

प्रहरी निरीक्षकमाथि भ्रष्टाचार मुद्दा

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले गरे आत्महत्या

दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका - ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राति एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर

बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । 

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ। 

विप्लव समुहले वडा कार्यालयमा आगो लगायो, इन्स्पेक्टर घाइते

नेत्र विक्रम चन्द विप्लव समूहले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगजनी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।