'विषादी' र 'छौंडा'पछि बालुवाटारमा बबण्डर

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/tarkarima_bisadhi.jpg

काठमाडाैं- विषादी प्रकरणले तनावमा रहेको बालुवाटारलाई छौंडा कान्डले झापड दिएपछि बबन्डर मच्चिएको छ। 

एकपछि अर्को कदममा निरन्तर पराजित र आलोचित हुन थालेपछि पछिल्लो समय बालुवाटार ओलीको छवि सुधार्ने रणनीति तयार गर्दै  थियो । त्यसका लागि बालुवाटारको किचन क्याबिनेटमा छलफल पनि भएको थियो ।

सरकारको लोकप्रियता बढाउने  बालुवाटारको योजना विषादी र छौंडा कान्डले भताभुंग पारिदिएको छ । अब कता टाल्ने, कति टाल्ने भनेर ओलीका सल्लाहकार र सहयोगी रन्थन्एिका छन् यतिबेला ।

भारतीय दबाबमा  विषादी परीक्षण गर्ने निर्णय उल्टिएको प्रकरण बाहिरिएपछि मिडियाबाट मात्र सरकारको आलोचना भएको होइन, सरकारको छवि जनस्तरमै नांगिएको छ । भान्सामा विषादी भित्रिने भएछि चुलोचौकाबाट पनि चर्को प्रहार खेप्नुपर्यो ।

विषादीसमेत परीक्षण गर्न छुट दिएर सरकार भारतीय दबाबसमक्ष घुँडा टेकेको भन्दै जनस्तरबाट व्यापाक विरोध भइरहेको छ । सत्तारुढ दलभित्रै पनि यो प्रकरणले भुइँचालो ल्याएको छ । 

प्रचण्डको खेलले झस्कियो बालुवाटार 

विषादी परीक्षण गर्ने निर्णयमा  भारतीय पक्षको असन्तुष्टीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरो रुपमा खेलेको आरोप ओली टिमले लगाएको छ । ओलीलाई अलोकप्रिय बनाउने प्रचण्डको डिजाइनअनुसार यो निर्णय उल्टाइएको आशंका गरिएको छ । यसका लागि प्रचण्डले बाणिज्य तथा उद्योगमन्त्री मातृका यादवलाई प्रयोग गरेका थिए । 

यो खेलबाट प्रचण्डले दोहोरो लाभ लिन खोजेको ओली टिमको बुझाइ छ । ओली नेतृत्वको सरकारलाई थप बद्नाम गराएर आफ्नो पोजिसन थप दरो बनाउने प्रचण्डको अर्को डिजाइन सफल भएको छ भने  अर्कोतिर अप्रत्यक्ष रुपमा भारतीय पक्षको स्वार्थ सम्बोधन गर्ने काममा प्रचण्डले राम्रै योगदान गरेका छन् । तर यसको बद्नामी र अपजस यतिबेला सकारको नेतृत्व गरेका ओलीले खेप्नपरेको छ।
 
भारतीय इसारामा प्रचण्डबाट भएको यही चलखेललाई इंगित गर्दै संभवतः ओलीकै सल्लाहमा विष्णु रिमालले झौंडा ट्वीट गरे । तर त्यसले फेरि बालुवाटारलाई नै ब्याक फायर गरेको छ । स्रोतका अनुसार ओलीका सल्लाहकार रिमालले जे सोचेर छौंडा ट्वीट गरेका थिए, त्यसको सांकेतिक अर्थ बुझ्ने प्रयास आम रुपमा भएन । त्यसरी बुझ्ने अवस्था पनि थिएन ।  

बरु  सरकारका सल्लाहकारले यस्तो अशोभनीय भाषा प्रयोग गरेर सरकार विरोधीहरुलाई गाली गरेको भन्दै उल्टै सबैतिरबाट सरकारकै आलोचना र विरोध भयो । विषादी प्रकरणमा मार हान्न प्रयोग गरिएको छौंडा आफैतिर ब्याक फायर हुँदा बालुवाटार यतिबेला आफै घाइते भएको छ ।यो पछिल्लो प्रकरणले प्रचण्ड र ओलीबीचको टकराव झन् जटिल बनेको छ ।

यस्तो थियो प्रधानमन्त्री ओलीका सल्लाहाकार विष्णु रिमालको ट्वीट



यसरी संभव भयो साहसिक निर्णय 

गत जेठ  १० गते भारतबाट आयतित हुने हुने फलफूल तथा तरकारीमा विषादि परीक्षण गर्ने  निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । यो साहसिक निर्णयको सबैतिरबाट स्वागत गरिएको थियो । यो प्रस्ताव मन्त्रिपरिषद्समक्ष पुर्याउन र निर्णय गराउन  कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनाल बलदेवले धेरै मिहिनेत गरेका थिए।
https://www.nicasiabank.com/
 
खनालले मन्त्रालय समालेदेखि नै सरोकारवाला विज्ञहरुसँग परामर्श गरेर यो अभियान थालेका थिए । यस्तो काममा नलाग्न उनलाई विभिन्न ठाउँमा चेतावनीयुक्त दबाब पनि आएका थिए । जनताको जीवनसँग जोडिएको यो विषयलाई जस्तोसुकै जोखिम मोलेर पनि टुंगो पुर्याउने अठोटका साथ खनाल आफ्नो मिसन लागिरहे । यसमा उनी सफल पनि भए। 

असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर विषादि परीक्षणको प्रक्रिया पनि थालिएको थियो । यसका लागि सबै नाका कार्यालयमा परिपत्र गरिएको थियो । यसका लागि पर्याप्त पूर्वाधार नभए पनि परीक्षणको काम थाल्नु नै महत्वपूर्ण सुरुवात थियो । नाकाहरुमा युद्धस्तरमा अन्तराष्ट्रियस्तरको प्रयोगशाला बनाउने प्रक्रिया पनि अघि बढाइएको थियो।
 
भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको थियो ।

भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण गर्न लागिएको हो । 

परीक्षण रोक्न यस्तो चलखेल 

तर जब नाकामा विषादी परीक्षण भन्दै भारतीय ट्रकहरु रोकिन थाले, त्यसलाई आवश्यकताभन्दा बढी समस्या बनाएर प्रचार गरियो । नाकामा थुप्रै ट्रकहरु रोकिएर व्यापारिक स्वार्थमा धक्का लागेपछि भारतीय पक्षले यसलाई रोक्न राजनीतिक र कुटनीतिक तहबाट लबिङ थाल्यो ।

भारतीय राजदूतावासले सरोकारवाला अधिकारी र नेताहरुलाई भेटेर निर्णय रोक्न दबाब मात्रै दिएनन्, उनले औपचारिक पत्र समेत सरकारलाई पठाए । भारतीय राजदूतले प्रचण्डसँग पनि भेटेर लामो सम्वाद गरेका थिए।
 
यो निर्णयलाई उल्ट्याउन सुरुमा प्रचण्डले कृषि तथा सहकारीमन्त्री खनाललाई नै प्रयोग गर्ने रणनीति बनाएका थिए । तर खनाल यसका लागि तयार नहुने संकेत पाएपछि उनले अर्को बाटो अपनाए । प्रचण्डकै विशेष आग्रहमा उद्योग तथा बाणिज्य मन्त्री रहेका मातृतका यादवले बिषादी परीक्षण तत्काल रोक्ने ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लागेका थिए । त्यो पारित भयो र तत्काल बाहिर पनि ल्याएर  प्रचार पनि गरियो ।असार १९ गते बिहीबार मन्त्रिपरिषदले विषादी परीक्षण तत्काल रोक्ने निर्णय गरेको थियो। 

मन्त्रालयले दक्षिणी छिमेकी मुलुक भारतसँग जोडिएका ६ नाका काकडभिट्टा, बिराटनगर, बीरगञ्ज, भैरहवा धनगढी र महेन्द्रनगरस्थित भन्सार विन्दु ९सकेसम्म एकीकृत भन्सार विन्दुमै रहने गरी अन्तराष्टिय प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ।

यस्तै उत्तरतर्फको छिमेकी मुलुक चीनसँग जोडिएका रसुवा र तातोपानी भन्सार विन्दुमा पनि यस्तै अन्तर्रा्ष्ट्रिय प्रयोगशाला निर्माण गर्ने विषयमा निर्णय गरेको छ

भारतबाट कति आउँछ तरकारी र फलफूल

मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ । त्यसमध्ये करिब ४४ प्रतिशत भारतको हो ।

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले साढे ४३ अर्बबराबरको तरकारी र फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।

प्रतिक्रिया