उपमेयरले भनिन्, 'मलाई केही भए मेयरलाई समाउनु' 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Mayer_Upmayer.jpg

जनकपुरधाम – धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर आफ्नै पार्टीबाट निर्वाचित मेयरसँग आतंकित भएकी छिन्। राजपाबाट निर्वाचित उपमेयर रेणु झाले नगरपालिकाका मेयर रामज्ञान मण्डलले धम्की दिने गरेको सार्वजनिक रुपमै आरोप लगाएकी छिन्।

उपमेयर झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘म अनुगमनमा जाँदा मलाई धाक धम्की आउने गरेको छ । मलाई केही भए मेयरलाई समाउनु।’

गत आइतबार पाँच मिनेटको अन्तरालमा उपमेयर झाले फेसबुकमा दुईवटा पोस्ट गरेकी छिन् । र, दुबै पोस्टमा आफूलाई धम्की आइरहेको भनेकी छिन् ।

‘मलाई केही भए यो गुन्डा समाउनु । किनकी मलाई जतिबेला पनि धम्की दिइरहन्छ।’ उनले लेखेकी छिन् ‘मेयरले आफू जनतान्त्रिक मोर्चाको लिडरपनि रहेको बताउँदै, तँ र तेरो परिवारलाई के गर्छु भत्रे धम्की दिएका छन्।'

पाँच मिनेटपछि गरिएको अर्को पोस्टमा झाले आफू अनुगमनमा जाँदा उनीसहित उनको परिवारलाई समेत मेयरले धम्की दिने गरेको दाबी गरेकी छिन् ।

https://www.nicasiabank.com/
उपमेयर झाले सार्वजनिक रुपमै लगाएको आरोपबारे बुझ्न पटकपटक सम्पर्क गरेपनि मेयर मण्डलको फोन उठेन।

हंसपुर नगरपालिकामा मेयर र उपमेयरबीच लामो समयदेखि विवाद चल्दै आइरहेको छ। यसअघि समेत मेयरले मनोमानी गर्न खोजेको भन्दै उपमेयर झा नगरपालिका कार्यालयमा आमरण अनशनमा बसेकी थिइन्।

यता लेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ विपरित खर्च गरेको उल्लेख छ।

गत आर्थिक वर्षको विभिन्न मिति गरी उनी करिब ३० दिन काठमाडौं बसेका छन्। काठमाडौं भ्रमणवापत ५ लाख ७७ हजार रुपैयाँ बिना बिल भर्पाई बुझेको भन्दै लेखा परीक्षकको प्रतिवेदनमा रकम असुल गर्न भनिएको छ।

यसैगरी प्रक्रिया नै नपुर्याई उनले नगरपालिकाबाट भत्ता बुझेका छन्। १५ किलोमिटरभन्दा टाढाको दुरीमा मात्र दैनिक भत्ता पाउने व्यवस्था रहेपनि उनले त्यसभन्दा कम दुरीमा भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया