आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • केएल टावरमा भ्याली एक्सप्रेसले विस्तार गर्‍यो छैठौँ शाखा

केएल टावरमा भ्याली एक्सप्रेसले विस्तार गर्‍यो छैठौँ शाखा

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सञ्चालनमा आएको शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा सुरु भएको हो।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- काठमाडौंको चाबहिलस्थित ‘के एल टावर’मा चेन रेस्टुरेन्ट भ्याली एक्सप्रेसले छैठौं शाखा विस्तार गरेको छ। स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बुधबारदेखि सञ्चालनमा आएको शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा सुरु भएको हो। 

ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्नलगायतका परिकारमा केन्द्रित रेस्टुरेन्टमा ग्राहकको मागअनुसार नै शाखा विस्तार गरिएको भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले बताए। रेस्टुरेन्टमा सुपथ मूल्यमा उपलब्ध हुने  मासुजन्य स्वस्थकर सामग्रीले ग्राहकको मन जित्दै आएकाले नयाँ शाखाले पनि ग्राहक सन्तुष्ट पार्ने रावलको दाबी छ। 

विस २०४१ मा स्थापित भ्याली कोल्ड स्टोर (भ्याली ग्रुप) ३१ वर्षपछि फास्टफुडको  व्यापारमा प्रवेश गरेको थियो। सेवा सुरु गरेको ३७ वर्षमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई ग्रुपले एकीकृत रुपमा सञ्चालन गरिरहेको छ। 

अन्तराष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने आफूहरूको उद्देश्य रहको भ्याली एक्सप्रेसले बताएको छ।  

चितवनमा परीक्षणका रुपमा ६ वर्ष अगाडि सुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताले उत्साहजनक प्रतिक्रिया दिएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको रावलले बताए।

प्रकाशित: Aug 25, 2021| 18:50 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्