आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यवसाय परिवर्तन गर्न २०७८ चैतसम्म म्याद, ब्याज पुँजीकरण गर्न नपाइने

व्यवसाय परिवर्तन गर्न २०७८ चैतसम्म म्याद, ब्याज पुँजीकरण गर्न नपाइने

बैंक तथा वित्तीय संस्थाका कोभिड प्रभावित ऋणीहरूले व्यवसाय परिवर्तन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंंकले कोभिड–१९ बाट प्रभावित व्यवसाय चल्न नसक्ने भई अर्को व्यवसाय परिवर्तन गर्न चाहेका लागि यस्ताे सुविधा दिएको हो।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कोभिड प्रभावित ऋणीहरूले व्यवसाय परिवर्तन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंंकले कोभिड–१९ बाट प्रभावित व्यवसाय चल्न नसक्ने भई अर्को व्यवसाय परिवर्तन गर्न चाहेका लागि यस्ताे सुविधा दिएको हो। राष्ट्र बैंकका अनुसार यस किसिमको परिवर्तनलाई कर्जाको दुरुपयोग, पुनर्संरचना वा पुनर्तालिकीकरण भएको मानिने छैन। 

राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिमा आएका कार्यक्रम कार्यान्वयनमा ल्याउन जारी गरेको निर्देशनअनुसार ऋणीहरुले कोभिड–१९ कै कारण चल्न नसकेर व्यवसाय परिवर्तन गर्न चाहने व्यवसायीले २०७८ चैतसम्ममा आफ्नो व्यवसाय परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ। 

यो व्यवस्था कोभिड–१९ बाट प्रभावित लघु, घरेलु, साना तथा मझौला व्यवसायीको कर्जाका हकमा मात्र लागू हुनेछ। ऋणीले आफूले ऋण लिएको बैंक तथा वित्तीय संस्थालाई भने विश्वास भने दिलाउनुपर्नेछ। 

राष्ट्र बैंकले यस किसिमको परिवर्तनका क्रममा ब्याज पुँजीकरण गर्न भने नपाइने व्यवस्था गरेको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको ब्याज पुँजीकरण गरेर थप सास्ती दिने गरेको गुनासो बढेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। 


प्रकाशित: Aug 25, 2021| 17:13 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्