आइतबार, असोज १८, २०८३

राष्ट्र बैंकको निर्देशनले घट्यो सेयर बजार

सेयर बजारमा बुधबार गिरावट आएको छ। नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा अडिएको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– सेयर बजारमा बुधबार गिरावट आएको छ। नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा अडिएको छ। नेप्से सूचकसँगै खरिद–बिक्री रकमसमेत घटेको छ। बुधबार सबै समूहको सूचक घटेको छ। 

यस दिन १२ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको भोलिपल्ट बजारमा भारी गिरावट आएको हो। सेयर धितो कर्जाको सीमा १२ करोड कायम गरिएको र यसलाई सीमाभित्र ल्याउन १ वर्षको समय दिइएको छ।

यस्तै, कर्जा भुक्तानी गर्ने म्याद सकिएकाले नवीकरण गर्दा सोही सीमाभित्र कायम गरेर नवीकरण गर्नुपर्छ। यसबाट पनि बजार केही प्रभावित भएको अनुमान छ। यसरी नवीकरण गर्नेले वास्तविक समय १ वर्षको समय नपाउन पनि सक्छ। यस व्यवस्थाबाट ठूला लगानीकर्ता असन्तुष्ट छन्। यद्यपि, यो १२ करोडको सीमा नयाँ होइन। मौद्रिक नीतिमार्फत नै यसको व्यस्था गरिएको थियो।

आज दुई कम्पनीको भाउमा भने सकारात्मक सर्किट लागेको छ। २२७ कम्पनीको १ करोड ९५ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार रकममा ४८ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित अरुण काबेली पहिलो नम्बरमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर परेका छन्।

प्रकाशित: Aug 25, 2021| 15:39 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्