रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पशुको जन्मदर्ता गर्ने भएका छन्।
सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका सांसदहरुले गुठी विधेयक फिर्ता लिन दबाब दिएका छन्।
राजस्व अनुसन्धान विभागले मालबाहक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउन वेब पोर्टल कार्यान्वयनमा ल्याएको छ।
संत कवीर जयन्ती काठमाडौंमा पनि मनाइएको छ। प्रत्येक वर्ष जेष्ठ शुक्ल पुर्णिमाको दिन कवीर जयन्ती नेपाल र भारतसहित विभिन्न देशमा मनाइन्छ।
मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख गोविन्द प्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्धा दर्ता गरेको छ।
बझाङमा जीप दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) अनिश्चितकालका लागि बन्द भएको छ।
पूर्वसांसद एवं नेकपा नेता कृष्णलाल महर्जनले सरकारले अगाडि सारेको गुठी विधेयकले नेवार संस्कृतिमाथि हमला गरेको बताएका छन्।
विशेषज्ञहरुले जग्गाको हदबन्दी गर्न माग गरेका छन्। संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उपस्थित विशेषज्ञहरुले जग्गाको हदबन्दी गर्न माग गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे काठमाडौं उपत्यकाका सांसद तथा यहाँका भूमि विज्ञहरुसँग छलफल थालेका छन्।
जिल्लामा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको पाइएको छ।
केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ।
भारतको विहार राज्यमा केही दिनयता जापानिज इन्सेफ्लाईटिस अर्थात् एक्यूट इन्सेफ्लाईटिस सिन्ड्रोम (एईएस) को प्रकोप बढेको छ।
विदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा केही समययता पार्टीको आदर्श र सिद्धान्तका विषयमा जुहारी चलेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दाबी गरेका छन्।
नेपाल परिवार दलका अध्यक्ष एवं क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकालले संघीय संसदमा भाग खोजेको छन्।
प्रदेश सरकारहरुले पनि संसदहरुलाई विकास बजेट दिएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ।
संघीय संसदको प्रतिनिधिसभामा गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनको विरोध भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीपछिको वरीयतामा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निरीह देखिन थालेका छन्।
चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ ।
दुई तिहाइ ल्याउँदा लोकतन्त्रको अभ्यास बसाउँछ भन्ने लागेको थियो।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा पक्राउ परेका प्रनेश गौतम रिहा भएका छन् । प्रहरीले आइतबार अपराह्न साधारण तारिखमा उनलाई रिहा गरेको हो ।
