मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ३० गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

इन्टनेटको मूल्य समायोजन गरिने

सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रायले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले लामो समयदेखि विवादमा रहेको इन्टरनेटको शुल्क समायोजन गरेको जानकारी दिए। 

‘प्रहरी प्रशासनकै मिलोमतोमा चुरे उत्खनन्’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कानूनको फितलो कार्यान्वयनले चुरे दोहन बढाएको बताएका छन्। एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँदा अर्कोले उत्खनन गर्न आदेश दिन्छ भन्दै राउतले कानूनको कार्यान्वयन फितलो हुँदा समस्या आएको उल्लेख गरे।

लथालिङ नगरपालिका : बालबालिकाले पाएनन् दिवाखाजा

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणदेखि शैक्षिक, सामाजिक, आर्थिक अवस्थाले फडको मार्ने अपेक्षा गरिएको थियो। २० वर्षपछि भएको स्थानीय तहको चुनावमा मतदाताले यस्तै अपेक्षा राखेर उत्साहपूर्वक भाग लिएका थिए।

'लोकसेवाको विज्ञापन कानुन सम्मत'

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले लोकसेवा आयोगले कानुन अनुरुप नै स्थानीयत तहा लागि कर्मचारी माग गरेको बताएका छन्। उनले राज्य व्यवस्था समितिले विज्ञापन रोक्न दिएको निर्देशन कानुन सम्मत नभएको स्पष्ट पारे। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘लोकसेवाको विज्ञापन कानुन सम्मत छ। यसलाई रद्द गर्न आवश्यक छैन।’

गुठी विधेयकविरुद्ध पाटनमा प्रदर्शन (फोटो फिचर)

गुठी जग्गा भू माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ।

सरकार भन्छ - 'गुठी विधेयकमा छलफल गर्न तयार छौं'

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले गुठी सम्बन्धी विधेयकमा छलफल गर्न तयार रहेको बताएका छन्।

बढ्यो सार्वजनिक सवारीको भाडा

सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ। छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। 

ह्यातका कर्मचारी आन्दोलित

श्रम ऐनअनुसार बिदा तथा अन्य सेवासुविधा नपाएको भन्दै होटल ह्यातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीले बिहान नौ बजेदेखि दिनभर काम ठप्प पारे।

हत्याका फरार अभियुक्त पक्राउ

 प्रहरीले सिरहाबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–२ बस्ने २१ वर्षीय गंगाराम मण्डल खत्वे रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिममा ५७ पेन्सनधारी जनप्रतिनिधि : राज्यलाई ६३ लाख व्ययभार

 सुदूरपश्चिम प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले दोहोरो सेवा सुविधा लिन पाउने ऐनमा व्यवस्था गरेपछि राज्यलाई वार्षिक रुपमा पौने ६३ लाख आर्थिक भार थपिएको छ। 

कांग्रेस जागरण अभियान : २ हजार कार्यक्रम, ३१ हजार पार्टी प्रवेश

प्रमुख प्रतिपक्षी दल कांग्रेसको पहिलो चरणको ‘हिमाल पहाड, तराई-मधेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न भएको छ।

धरौटी बुझाउन नसक्दा 'विप्लव' नेता जेल चलान 

विप्लव समूह बाँकेका जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन्। जिल्ला अदालत बाँकेले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपनि उक्त रकम बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेघावाटको सौर्य उर्जाको व्यवस्थापन गर्नेगरी छलफल थालिएको छ। 

बलात्कार आरोपमा यादव पक्राउ 

जबरजस्ती बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका–८ बिस्नपुरका २२ वर्षीय डाक्टर यादव पक्राउ परेका छन्। उनलनई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। 

‘सरकार र लोकसेवाले गरे संसद्को उपहास’

सरकार र लोकसेवा आयोगले संसद्को उपहास गरेको गुनासो सांसदहरूले गरेका छन्। लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापन संसदीय समितिले रद्द गर्न निर्देशन दिएको थियो। तर, उक्त विज्ञापन लोक सेवा आयोगले र सरकारले रद्द नगर्ने भन्दै आएको छ।

लागुऔषधसहित ६ जना पक्राउ 

नेपाल प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं, पोखरा र पर्सामा गरि ६ जना लागुऔषध कारोबारी पक्राउ परेका हुन्। बुधबार साँझ काठमाडौंको नागढुंगाबाट सिन्धुपाल्चोक चौतारा –२ का ३४ वर्षीय विदुर थापा र भारत विहारका १९ वर्षीय महम्मद सवीर पक्राउ परेका छन्।

‘गुठी बचाउन काठमाडौंबासी जागे कुनै शक्तिले रोक्न सक्दैन’

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी बचाउन काठमाडौंबासी जागे भने कुनै शक्तिले रोक्न नसक्ने चेतावनी दिएका छन्। उनले गुठी विधेयककै कारण सरकार अप्ठ्यारोमा पर्न लागेको बताए। 

कांग्रेसको दाबी : जागरण अभियानले जनता पार्टीप्रति आकर्षित

 प्रतिपक्षी कांग्रेसले वर्तमान सरकारप्रति जनता असन्तुष्ट रहेको दाबी गरेको छ। कांग्रेसप्रति भने आकर्षण बढ्दै गएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय जागरण अभियानका क्रममा जनताको आकर्षण कांग्रेसप्रति बढेको देखियो।’

विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द समूहका जुम्ला इञ्चार्ज पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण) रहेका प्रहरीले जानकारी दिएको छ। 

एक लाख घुससहित इञ्जिनीयर श्रेष्ठ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ ।

लाजिम्पाटमा १० महिने शिशुको घाटी रेटी हत्या

काठमाडौंको लाजिम्पाटमा एक शिशुको घाटी रेटी हत्या भएको छ । करिब १० महिनाका शिशुको घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शव फेला परेको हो ।

झापामा पनि फैलियो डेंगु : ६ जना अस्पताल भर्ना 

धरानमा महामारीको रुप लिएको  डेंगु झापामा पनि फेला परेको छ । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा ६ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ।

आयोगले निर्णय नगर्दासम्म लोकसेवाको आवेदन नरोकिने
राज्य व्यवस्था तथा सुशासन समितिले भर्ना प्रक्रिया रोक्न निर्देशन दिएकै भरमा आवेदन लिने क्रम नरोकिने लोकसेवा आयोगले स्पष्ट पारेको छ । आयोग पदाधिकारीको बैठकले निर्णय नगर्दासम्म आवेदन प्रक्रिया नरोकिने जनाएको हो । 

धनुषा नगरपालिका कार्यालयमा बम विस्फोट

धनुषाको धनुषाधाम नगरपालिका कार्यालयमा बम विस्फोट भएको छ । नगरपालिका कार्यालयलाई लक्षित गरी बुधबार राती करिब १० बजेतर्फ विस्फोट भएको हो ।

गुजरातमा समुन्द्री आँधीको त्रास : रेल, हवाई र स्कूल बन्द

भारतीय राज्य गुजरातमा समुन्द्री आँधी आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

नेपाली ‘पासवर्ड’मा सन्‍नी लियोनीको आइटम (भिडियो)

बलिउडकी हट एण्ड ग्ल्यामरस नायिका सन्नी लियोनीले नृत्य गरेको नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत आइटम गीत सार्वजनिक गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।