हत्याका फरार अभियुक्त पक्राउ

/assets/plugins/bower_components/fileman/Uploads/Images/police_pakrau.jpeg

जनकपुरधाम – प्रहरीले सिरहाबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–२ बस्ने २१ वर्षीय गंगाराम मण्डल खत्वे रहेको प्रहरीले जनाएको छ।

खत्वेले गत मंसिर ८ गते सिरहा धनगढीमाई नगरपालिका–६ का सुभाषकुमार यादवलाई अपहरण गरी भारतको मधुबनी भुतही बलान तटबन्ध नजिक गोली हानेर फरार भएका थिए। गोली लागि गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहारको पटनास्थित पीएमसीएच मेडिकल कलेजमा मंसिर ९ गते मृत्यु भएको थियो।

खत्वे भारतबाट नेपाल फर्केर लुकिछिपी बसिरहेको प्रहरीले खबर पाएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले खत्वेलाई सिरहा नगरपालिका–७ बाट लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी दानबहादुर थापाले जनाएका छन्। पक्राउ परेका खत्वे र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया