काठमाडौं- आज जेठ २८ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। पार्टीले मंगलबार विज्ञप्ति प्रकाशित गरी गुठी विधेयकविरुद्ध हुने संघर्षमा राजनीतिभन्दा माथि उठेर एकजुट हुन सबैसँग आह्वान गरेको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै नमुना भएको दाबी गरेका छन्। उनले पछिल्लो समय नेपाली बैंकहरुलाई विदेशीहरुले विश्वास गर्न थालेको जानकारी दिँदै देशको क्रेडिट रेटिङपछि विदेशी लगानीकर्तामाझ नेपालको बैंक अझ विश्वासिलो हुने दाबी गरे।
दार्चुलामा एक स्कुलको शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ। नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
प्रदेश २ का एक मन्त्रीले विपक्षी दलसँग कुनै ‘डिल’ नभएको प्रष्टिकरण दिएका छन्। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गराउन रस्साकस्सी चलिरहेको बेला सहमति भएपछि सरकारसँग ‘डील’ भएको चर्चा चलिरहेको बेला प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले यस्तो प्रष्टिकरण दिएका हुन्।
साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उपहार स्वरुप २ अर्बको रातो कार दिएको छ। सरकारले विकास बजेट रकमानन्तर गरी गाडीहरु किनेर विलासीमा भुल्न थालेको भन्दै विरोध स्वरुप खेलौना रातो कार उपहार दिइएको विवेकशीलले जनाएको छ।
नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेलले राष्ट्रघाती गुठी विधेयक ल्याएर सरकारले मुलुकको जातीय एवम् संस्कृति नामेट गर्न लागेको आरोप लगाएका छन्। उनले गुठी विधेयकका विरोधमा एकजुट हुन राजधानीमा सम्पूर्ण नेवार समुदायलाई आग्रह गरेका छ ।
पर्साको रामनगरीमा गत चैतमा एक अधबैंसे पुरुषको हत्यापछि फरार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बहुदरमाई ८ रामनगरी निवासी ५६ वर्षीय किशोरी सहनीको हत्यापछि फरार मध्ये २७ वर्षीय प्रजा सहनीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमा नजिकैबाट सोमबार राति नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगारीका लागि कतार गएकामध्ये १४ सय २६ नेपालीको मृत्यु भएको तथ्यांक बाहिर आएको छ।
गत फागुनमा सुर्खेतको बराहताल गाउँपालिका ५ को कार्यालयले एउटा तालिम आयोजना गर्यो। बेरोजगार युवालाई हाउस वाइरिङ सिकाएर रोजगारी सिर्जना गर्नु तालिमको उद्देश्य थियो।
प्रहरीले आफ्नै छोरीलाई पटकपटक जबरजस्ती करणी गर्ने एक उपसचिवलाई पक्राउ गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका उपसचिवलाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो।
गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे जानकारी दिँदै उनले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने स्पष्ट पारे।
संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशनप्रति साझा विवेकशील पार्टीले आपत्ती जनाएको छ। पार्टीले समितिको उक्त कदमलार्इ गैरजिम्मेवारीपनको संज्ञासमेत दिएको छ।
भारतीय च्यानल जीटिभीको एक रियालिटी सोमा सेकेन्ड रनरअप भएका इटहरीका प्रीतम आचार्यलाई स्थानीय सरकारले सद्भावना दूत बनाएको छ। सोमबार पूर्वी नाका काकरभिट्टाबाट गृहनगर आएका आचार्यलाई आज इटहरी उपमहानगरले बाल सद्भावना दुत बनाएको हो।
लामो समयपछि निर्वाचित जनप्रतिनिधिको नेतृत्व पाएको वीरगञ्ज महानगरपालिका कार्यालय चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। लामो समयदेखि महानगरीय अनुभूति दिलाउने ठूला पूर्वाधारको निर्माणको साक्षी बन्न नपाएर छटपटिएका स्थानीय बसिन्दा निर्वाचित नेतृत्व आएको करिब बीस महिना बितिसक्दा पनि देखिने गरी केही नभएकोमा चिन्तित छन्।
चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन्।
बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन्।
समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकका नाममा जनताको धार्मिक सांस्कृतिक आस्थामाथि प्रहार गरेर सरकारले ठूलो गल्ती गरेको बताएका छन्।
लोकसेवा आयोगको विज्ञापन रद्दपछि फाराम भरेका हजारौं विद्यार्थीे सडकमा उत्रिएका छन् । लोकसेवाको विज्ञापन खारेज गरेर करारमा कार्यकर्ता भर्ती केन्द्र बनाउन पाइदैन भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधामनन्त्री केपी ओली स्वयम नै क्रिस्चियन पोस्ने र हिन्दुमाथि प्रहार गर्ने डिजाइनमा प्रधानमन्त्री सक्रिय रहेको आरोप लगाएको छ ।
नेकपामा अहिले एक मात्र अध्यक्ष छन् प्रचण्ड । अध्यक्ष एवम् प्रधानमन्त्री ओली युरोप भ्रमणमा निस्किएका बेला प्रचण्ड सिंगल अध्यक्ष भएका हुन् । गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भई बनेको नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा बेलायतको राजधानी लण्डन पुगेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।
करिब ४ वर्षपछि खुलेको तातोपानी नाका पुनः बन्द भएको छ । सञ्चालनमा आएको दुई साता वित्न लाग्दासमेत अहिलेसम्म नाका सञ्चालन गरिएको दिन ल्याइएका ४ वटा कन्टेनरबाहेक कुनै पनि गाडी चलेका छैनन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा पल्टिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तर्राष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताएका छन् ।
अमेरिकी मोडल एमिली राताकोस्बकी आफ्नो मदहोसी रुपका कारण सधँै चर्चाको शिखरमा रहने एक्टर हुन्। उनी आइतबार राति एमिली हसिना टोनी अवार्डको रेड कार्पेटमा आफ्नो रुपको जादु देखाउन सहभागी भइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४