आइतबार, असोज १८, २०८३

नेप्सेका सीईओ साउद राजीनामा दिँदै

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन्। सर्वोत्तख सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले आज मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन्।

नेप्सेले साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना गरेको एक अधिकारीले जानकारी दिए। बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा खरिद गरेको पुष्टि भइसकेको छ। प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए। 

यसबारे अर्थ मन्त्रालयले साउदलाई स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि साउदले राजीनामा दिएका हुन्।

संघीय संसद्को अर्थ समितिले पनि साउदलाई बोलाएर छलफल गरेको थियो। समितिको बैठकमा साउदले आफूबाट गल्ती भएको भन्दै आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 


प्रकाशित: Aug 24, 2021| 16:06 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्