आइतबार, असोज १८, २०८३

फाइनान्स र निर्जीवन बिमाबाहेक सबै परिसूचक घट्यो

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा अडिएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा अडिएको छ।

आज बजारमा २२५ वटा कम्पनीको २५ करोड ३१ लाख ६ हजार ८०५ कित्ता कारोबार भयो। बजारमा कुल १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँको कारोबार भएको छ। 

समूहगत परिसूचक हेर्ने हो भने बैंकिङ, लघुवित्त, जिवन बिमा, ट्रेडिङ, होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर घटेको छ भने फाइनान्स र निर्जीवन बिमा बढेको छ। 

फाइनान्स ४५, निर्जीवन बिमा ११२ अंकले बढेको छ। बैंकिङ १९, व्यापार ६२, होटल तथा पर्यटन १७, विकास बैंक २४३, जलविद्युत २३२, उत्पादन १५७, अन्य ३०, माइक्रोफाइनान्स ३१, जीवन बिमा १४३ र लगानी समूह ५ अंकले घटेको छ। 

मंगलबार ३३ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो। 
गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि गोर्खाजको प्रतिकित्ता १४१० र जीवन विकासको ४ हजार २९६ रुपैयाँ पुगेको छ। 

सेन्ट्रल फाइनान्सको मूल्य ७.४ प्रतिशतले बढेको छ भने नेको इन्स्योरेन्सको ५ प्रतिशतले बढेको छ। जनरल इन्स्योरेन्सको मूल्य साढे ४ प्रतिशतले बढेको छ। 

१९ कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। नेसनल हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रो, रुरु जलविद्युतको मूल्य १० प्रतिशतले घटेको छ। 

पञ्चकन्या माइ हाइड्रो, हिमालयन पावर पार्टनर, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो, हिमालय उर्जा विकासको मूल्य साढे ९ देखि ९.९ प्रतिशतसम्म घटेको छ। 

कारोबारका आधारमा अरुण भ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको ७५ करोड ४३ लाखको कारोबार हुँदा अरुण काबेलीको ७१ करोडको कारोबार भयो। 

प्रकाशित: Aug 24, 2021| 15:08 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्