काठमाडौं- आज जेठ १९ गते आइबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
गतसाताको अन्तिम दिन विहीबार साढे ५ अंकले उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) साताको पहिलो कारोबार दिन (आइतबार) दोहोरो अंकले ओरालो लागेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आइतबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानैलाई निरन्तर्ता दिएको पाइएको छ। गत वर्ष प्रदेशका जनताको जीवनस्तर माथि उकास्ने खालका नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रदेश सरकारले यसवर्ष पनि अधिकांश पुरानै कार्यक्रमलाई निरन्तर्ता दिएको हो।
यति एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन्। उनलाई यति एयरलायन्सले केहीदिन अघिमात्र प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
प्रदेश २ सरकारले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल असन्तुष्ट देखिएका छन्। उसले नीति तथा कार्यक्रमविरुद्ध संशोधन हाल्ने चेतावनीसमेत दिएको छ।
अलिपे र विच्याट कम्पनीले नेपालमा कारोबारको लागि राष्ट्र बैंक समक्ष निवेदन दिएका छन्। वर्षौंदेखि अवैधानिक रुपमा कारोबार गरिरहेका यी दुई कम्पनीले बैधानिक रुपमा नेपालमा कारोबार गर्नका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिएका हुन्। दुबै कम्पनी चिनियाँ भुक्तानी प्रदायक कम्पनी हुन्।
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रदेशसभामा सम्बोधन गदै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एक साताका लागि बिदा दिने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या हुन थालेपछि २० गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।
शिक्षाविद्ले सार्वजनिक शिक्षाको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। विश्व निकेतन–गम्भीरमान प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षाको बिग्रँदो अवस्थालाई हस्तक्षेप गर्न समुदाय सक्रिय हुनुको विकल्प नहरहेको बताए।
‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन्। पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली ९ दिने औपचारिक भ्रमणका लागि युरोप जाने भएका छन्। आगामी २५ गते प्रधानमन्त्री ओलीसहितको टोली जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार जानकारी दिए।
सरकारले खाडीमा पसिना बगाइरहेका नेपालीमाथि करको भार थोपरेको टिप्पणी नेपाली कांग्रेसले गरेको छ। प्रतिनिधिसभामा आइतबार सुरु आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सरकारले अप्रत्यक्ष रूपमा खाडीमा श्रम गरिरहेका नेपालीको पसिनामा कर लगाएको बताएका हुन्।
बजेटमार्फत प्रत्येक सांसदलाई दिएको रकम फिर्ता लिन माग गर्दै सर्वाेच्चमा रिट दायर भएको छ। संविधान र संघीयता विरोध भएको भन्दै अधिवक्ता पारसमणि भट्टराईले रिट दिएका हुन् । निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि सांसदका नाममा बजेट छुट्याउन लागेको भन्दै त्यसलाई रोक्न भट्टराईले बजेट आउनुपूर्व नै रिट दिएका थिए।
तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ। कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए।
भारतका पूर्वविदेश सचिव एस जयशंकर भारतीय विदेश मन्त्री भएपछि काठमाडौं भयभित बनेको छ।
ले राजदरबारमा १३ वर्ष काम गरेँ। म राजपरिवारको सुरक्षाका लागि खटिएको टोलीमा थिएँ। दरबार हत्याकाण्ड भएको दिन जेठ १९ गते म तालिममा महाराजगन्जमा थिएँ। हत्याकाण्डको समाचार सुन्नेबित्तिकै मलाई तत्कालीन युवराज दीपेन्द्रको उद्दण्ड स्वभावको याद आयो। कतै उनैबाट त यस्तो घटना भएन भन्ने लाग्यो।
२०२३ साल फागुन १७ गते तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको भैरहवा विमानघाट नाम परिवर्तन भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको छ। तत्कालीन श्री ५ को सरकार र भारतीय सहयोग मिसनको संयुक्त लगानीमा सञ्चालित उक्त विमानस्थलमा नाम मात्रै परिवर्तन नभई लगानीकर्ता पनि फेरिएका छन्।
सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) बाट छलफल सुरु भएको हो ।
तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेकपामा प्रवेश गर्ने दाबी गरेका छन् ।
तत्कालिन राजा विरेन्द्रको वंशनास हुने गरि भएको दरबार हत्याकाण्डको रहस्य अझैपनि गर्भमै छ । कहाली लाग्दो हत्याकाण्डको १८ वर्ष बितिसक्दा समेत यसको यथार्थ बाहिर आउन सकेको छैन् ।
अबको तीन दिन लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) घरेलु टोली मलेसियासँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । खेल मलेसियाको बुरीत जालिल मैदानमा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुने छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।
इंग्लिय प्रिमियर लिग क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको च्याम्पियन बनेको छ। शनिबार राती मड्रिडमा भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब टोटनहामलाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको च्याम्पयन बनेको हो ।
राजा विरेन्द्रको वंशनास हुने गरि दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४