आइतबार, साउन २४, २०८३

सोलुखुम्बुमा हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

 |  आइतबार, साउन २४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०८३

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की रहेका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।

कटवाल घरमै मृत फेला परेपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रकाशित: Aug 09, 2026| 09:22 आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्