यति एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/chanda_mamammamam.jpg

काठमाडौं– यति एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छन्। उनलाई यति एयरलायन्सले केहीदिन अघिमात्र प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। 

उनी यति एयरलाइन्सका मालिक स्वर्गिय आङछिरिङ शेर्पाकी श्रीमति हुन्। आङछिरिङको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो। पर्यटन क्षेत्रमा झण्डै ५० अर्बको लगानी रहेको शेर्पाको उत्तराधिकारीको रुपमा अब कोआउला भन्ने ठूलो उत्सुकता पर्यटन क्षेत्रमा रहेको थियो। 

आङछिरिङका दाइ लाक्पा सोनाम शेर्पा एयरलाइन्सको कार्यकारी अध्यक्ष रहेका छन्। त्यस्तैगरी यति एयरलाइन्सले सम्पूर्ण व्यवस्थापकीय टिममा केही हेरफेर गरेको छ।

फेरिएको टिममा विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई  आर्थिक निर्देशक रहेका छन्।  चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन्।  उनले यति समूहको विभिन्न पदमा रहेर काम गरिरहेकी थिइन।



प्रतिक्रिया