आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ १६ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

यस्तो छ मोदीको मन्त्रीमण्डल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार दिल्लीस्थिति राष्ट्रपति कार्यालयमा आयोजिक विशेष समारोहकाबीच मोदिले सपथ ग्रहण लिएका हुन्। 

' सांसदलाई ६ करोड बाँडेको होइन'

 अर्थमन्त्री डा.युवराज खतिवडाले संसदहरुलाई रकम नबाडिएको स्पष्ट पारेका छन्। बिहीबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दे मन्त्री डा.खतिवडाले संघीय सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्याएको हल्लामा सत्यता नभएको स्पष्ट पारेका हुन्।

नौ हजारका लागि सरकारी जागिर खुल्यो

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नालाई प्राथमिकतामा राखेर प्रकिया अघि बढाएको छ। आयोगको केन्द्रीय कार्यलय अनामनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगले आगामी भदौंदेखि कात्तिकसम्म स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्ने जनाएको छ। 

सीमामा ७७ नयाँ पिलर

 नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिलर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा मुख्य र सहायक गरी ७७ वटा नयाँ पिलर निर्माण गरेको जनाएको छ। 

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

२०७६ साल जेठ १०, १३, १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :

संघीय सरकारको बजेटमा प्रदेश ५...
साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्यसहित बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को बजेटले मुलुकका ७ वटा प्रदेशलाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमाथी सबैको ध्यान तानेको छ। 

इदको सार्वजनिक विदा

इस्लाम धर्माम्बलीहरुको इद उलफित्र पर्वको अवसरमा सार्वजनिक दिने निर्णय नेपाल सरकारले गरेको छ। जेठ २३ गते इद पर्ने भएकोले सोही दिन सार्वजनिक दिने तयारी भएको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले बताएका छन्।

अर्थविद् भन्छन् : बजेट संघीयताको मर्म विपरीत

अर्थविद्हरूले आगामी आर्थिक वर्षको बजेटले संघीयताको मर्मलाई बेवास्ता गरेको टिप्पणी गरेका छन्। उनीहरूले प्रदेश र स्थानीय तहका विकास आयोजना पनि केन्द्र आफैंले गर्ने गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिएका हुन्।

प्रभावशाली व्यक्तिको सूचिमा तेस्रो लिंगी भूमिका श्रेष्ठ

बेलायती संस्था एपोलिटकले सार्वजनिक गरेको लैंगीक समानता सम्बन्धी र्शीष सय व्यक्तिको सूचीमा तेस्रो लिंगी भूमिका श्रेष्ठ परेकी छन्। लामो समयदेखि डायमण्ड सोसाइटिसँग आवद्ध भएर ट्रान्सजेन्डरको हक र अधिकारको लागि उनले आवाज उठाउँदै आएकी छिन्। 

शक्तिशाली बन्‍न बालकको निमर्मतापूर्वक हत्या

धनुषाको मिथिला नगरपालिकामा एक बालकको निर्ममतापूर्वक हत्यासम्बन्धी घटनाको गाँठो प्रहरीले सुल्झाएको छ। मिथिला नगरपालिका–६ बस्ने शम्भुकुमार साहको साढे दुई वर्षको आर्यन भन्ने समिरकुमार साहको हत्यासम्बन्धी घटनाको रहस्य प्रहरीले पता लगाएको हो।

प्रदेश २ सरकार भन्छ, ‘बजेट संघीय सिद्धान्तविपरित’

संघीय सरकारले सार्वजनिक गरेको बजेटप्रति प्रदेश २ सरकारले असन्तुष्टि व्यक्त गरेको छ। बुधबार संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति प्रदेश सरकारका अर्थमन्त्री विजय यादवले असन्तुष्टि जनाएका हुन्।

बजेटबाट निजी क्षेत्र उत्साहित

आगामी आर्थिक वर्षको बजेटप्रति निजी क्षेत्र उत्साहित भएको छ। बजेट राजस्वमुखी भन्दा उत्पादनमुखी भएको भन्दै निजी क्षेत्रले प्रशंसा गरेको हो। कपडा उद्योगमा ५० प्रतिशत बिजुली छुट हुनु, कपडाजन्य वस्तु उत्पादन गर्ने उद्योगले लिने कर्जाको ब्याजमा ५ प्रतिशत अनुदान दिनु, नेपालमै उत्पादन गर्न सकिने वस्तु चिनी कफीलगायतका कृषिजन्य सामग्रीको भन्सारदर बढाउनु, कच्चा पदार्थ आयातमा रेडिमेट सामग्री आयातभन्दा एक तहमात्र भन्सार लगाउनुलगायतका विषय सकारात्मक भएको प्रतिक्रिया उद्यमी व्यवसायीले दिएका छन्। 

कर्फ्यु तोड्ने १२ अगुवाको यस्तो छ चिन्ता

देश लोकतान्त्रिक पथबाट विचलनमा जान सक्ने, फेरि हिंसात्मक अराजकतातर्फ जाने परिस्थिति, भ्रष्टाचारले राष्ट्रिय जीवनका हरेक कुनाकाप्चालाई ढाक्दै गएको भन्दै नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय जटिल परिस्थितिमाझ राष्ट्रिय स्वाधीनता नै खतरामा पर्न सक्ने लगायतका अनेक जोखिम देखापर्न थालेकाले औंल्याउँदै सरकारलाई लोकतान्त्रिक संघीय गणतन्त्रको मर्मअनुरुप चल्न आग्रह गरेका छन्।

अर्थविद्सँग कांग्रेसको छलफल : नेपालीमाथि वैदेशिक ऋण बढेको चिन्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा पेस भएको बजेट बारे अर्थविद्हरुसँग छलफल गरेको छ। कांग्रेसको बिहीबार बसेको संसदीय दलको बैठकमा स्वर्णिम वाग्लेलगायत आधा दर्जन अर्थविदसँग छलफल गरिएको छ।

चप्पल लगाउनेले गणतन्त्र ल्याए, टाइसुटवालाले फाइदा लुटे

गणतन्त्रको कुरा गर्दा सबै सम्झिने १९ दिनको आमहडताल हो । त्यो एउटा निर्णायक घडी थियो। धेरैले यसको चर्चा गर्छन्। तर, गणतन्त्रको पृष्ठभूमि २००७ सालकै क्रान्तिले तयार गरेको थियो। 

विश्‍वकपः उद्घाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

१२ औं संस्करणको आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको महाकुम्भ आज (बुधबार) देखी सुरु हुँदै छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रीकाको सामना गर्दै छ । खेल इंग्ल्यान्डको घरेलु मैदान दि ओभलमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । 

किन अमेरिका जाँदैछन् प्रधानसेनापति थापा ?

नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा न्युयोर्कमा हुन लागेको चिफ अफ डिफेन्स कन्र्फेन्समा सहभागी हुन प्रधानसेनापति थापा अमेरिका जान लागेका हुन् । 

भैंसेपाटीमा भिषण आगलागी, अझै नियन्त्रणमा आएन

ललितपुर महानगरपालिका १८ भैंसेपाटीमा भिषण आगलागी भएको  छ । 

प्रधानमन्त्री ओली आज भारत जादैं

प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भारत जादैं छन् । 

धुर्मुसले बनाउन लागेको रंगशालाको काम रोकियो

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य स्थगित भएको छ ।

बजेटले के केको भाउ बढायो ? (विवरणसहित)

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेसँगै केहि वस्तु र सामानको मूल्य बढ्ने भएको छ । बजेटमा कर बढाइएसँगै ती बस्तुको मूल्य बढ्ने भएको हो । यद्यपी यो आगामी साउन १ गतेबाट लागु हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।