आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ १४ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

बजेट समीक्षा : कार्यक्रम लोकप्रिय, कार्यान्वयन फितलो

चालु आर्थिक वर्षको बजेटको प्रभाव आर्थिक क्षेत्रमा खासै देखिएको छैन। सोमबार संघीय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले बजेटको प्रभाव सकारात्मक नभएको देखाएको छ।

बजेटको पूर्वसन्ध्यामा बढ्यो ‘सिलिङ’ 

बजेटको पूर्वसन्ध्यामा राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ बढाएको छ। मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.पुष्पराज कँडेलको अक्ष्यक्षतामा बसेको स्रोत समितिको बैठकले बजेटको सिलिङ झण्डै एक खर्ब बढाएको हो।

कस्तो बजेट चाहन्छ निजी क्षेत्र ?

आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक हुन दुई दिन बाँकी छ। जनताको चुलोलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकाले बजेटमा सबैको चासो र चिन्ता हुनु स्वाभाविकै हो। सबैभन्दा बढी बजेटको चिन्ता र पर्खाइमा भने उद्योगी व्यवसायी छन्।

सरकारको हठ र विप्लवको हिंसाले भिडन्‍तको खतरा 

विप्लव समूहको गतिविधि हिंसात्मक बन्दै गएपछि द्वन्द्व बढ्न सक्ने सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् । आइतबार राजधानीका विभिन्न स्थानमा उक्त समूहले गराएको विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । विप्लव र सरकारले एकअर्कालाई घुँडा टेकाउने रणनीति अगाडि बढाएपछि असुरक्षित महसुस हुन थालेको छ ।

तीन वर्षभित्र फास्टट्रयाक सञ्चालनमा 

काठमाडौं–तराई मधेश द्रुत मार्ग तीन वर्षभित्र तयार हुने नेपाली सेनाले जनाएको छ। निर्माणको जिम्मा पाएको नेपाली सेनाले २०७९ सम्म फास्टट्रयाक सञ्चालनमा आउने संसदलाई जानकारी दिएको छ।

ओली र मोदीबीच द्विपक्षीय हितमा छलफल हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा उनीसँग द्विपक्षीय हितका सम्बन्धमा संक्षिप्त छलफल गर्ने भएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा सामान्य छलफल हुने बताएका हुन्।

फेरि किन भारत जाँदैछन् प्रधानमन्त्री ओली ? 

प्रधानमन्त्री केपी शर्मा ओली पुनः भारत जाने भएका छन् । जेठ १६ गते बिहीबार उनी भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित नरेन्द्र मोदीको शपथग्रहण सहभागी हुन भारत जान लागेका हुन् ।

नबिल बैंकको बदमासी, साढे दुईमहिनादेखि अल्झियो बोनस सेयर

नबिल बैंक लिमिटेडले अहिलेसम्म बोनस सेयर लगानीकर्ताको खातामा राखिदिएको छैन । बैंकको फागुन २७ गतेको साधारणसभाले आफ्ना लगानीकर्ताहरुको लागि १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांस पारित गरेको थियो । तर पारित भएको साढे दुई महिना वितिसक्दा पनि लगानीकर्ताहरुको खातामा बोनस सेयर आएको छैन ।

'हिमाली हीरा' टिप्‍न पाटनमा हजारौंको भीड

'हिमाली हीरा' अर्थात् बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न कर्णालीका सयौं नागरिक पाटनमा पुगेका छन् । यार्सा संकलन अनुमति पाएसँगै यहाँका सर्वसाधारण मुगु र डोल्पाका पाटनमा पुगेका हुन् । यार्सा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई एक महिनाका लागि अनुमति दिएको छ ।

रोकिएन नदीमा अवैध उत्खनन 

तिनाउ नदीको ढुंगा, गिट्टी र बालुवा अन्य नदी र खोलाको भन्दा राम्रो मानिन्छ। यसैले पनि नदीजन्य पदार्थ कारोबार गर्नेहरु तिनाउमा बढी आकर्षित हुने गरेका छन्। ठेकेदारले प्रभाव र दबाबसहित जसरी पनि तिनाउको ठेक्का पाउने कोसिस गर्छन् पनि। राजनीतिक प्रभावमा तिनाउको नदीजन्य पदार्थको उत्खनन र निकासीको ठेक्का पाएकाहरू यतिबेला ठेक्कामा खुलाइएको भन्दा बढी मात्रामा अवैध ढंगले उत्खनन गरिरहेका छन्। तर नियामक निकाय मौन छ।

प्रदेश २ मा २०.४ प्रतिशत बेरोजगार

मुलुकको सात प्रदेशमध्ये सबैभन्दा बढी बेरोजगारी प्रदेश २ मा देखिएको छ। सुविधा तथा उपलब्धताको दृष्टिकोणले सुगम प्रदेश रहे पनि यहाँ सबैभन्दा बढी बेरोजगारी देखिएको हो। सबैभन्दा कम प्रदेश ३ मा ७ प्रतिशत बेराजगारी रहेको छ।

पन्ध्र सय दिनपछि खुल्दै तातोपानी नाका 

अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ। भूइँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो। नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ। 

धरहरा पुनर्निर्माण : ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्।

'स्पष्ट कानुन नहुँदा स्थानीय तहमा भएन विकास'

कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज) नेपालले सोमबार काठमाडौंमा गरेको ‘चालू आर्थिक वर्षको सिकाइ, आगामी आर्थिक वर्षको सोचाइ’ विषयक छलफल कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले यस्तो बताएका हुन् ।

सिंहानिया हत्या प्रकरण : १० वर्षपछि मुद्दाको सुनवाइ

जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्या घटनामा जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको छ। सिंहानियाको हत्या भएको झण्डै दश वर्षपछि मंगलबारदेखि जिल्ला अदालतको एक नम्बर इजलासमा सुनवाइ सुरु भएको हो।

'नारालेमात्रै गणतन्त्रको महसुस गर्न सकिन्न'

मुलुकमा गणतन्त्र आएको डेढ दशक पुग्न लागेको छ। जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा छ।

रेशम चौधरी जेलभित्रै बिरामी : राजपा छोड्ने मनस्थितिमा 

टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी जेलभित्रै बिरामी परेका छन्। चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार विरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।

विद्युतीय रेल मार्ग : यस्तो छ निर्माणको अवस्था

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ। आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ। 

कोठा खोज्ने ठग प्रहरी फन्दामा 

उपत्यकामा कोठा भाडामा लगाइदिने र मिलाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध माहाशाखले ठगी गर्दै हिड्ने भोजपुर साल्पा सिलिछो–९ का रामचन्द्र भट्टराईले जुम्लाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। पक्राउ परेका भट्टराईले ‘रुम फ्ल्याट रेन्ट ईन काठमाडौं’ नामक फेसबुक पेज बनाई एकजना ग्राहकबाट १५ सयदेखि चार हजारसम्म असुल्ने गरेका थिए।

आफ्नै आमाले गरिन तीन वर्षीय छोराको हत्या 

भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

वृद्धको हत्या आरोपमा एक प्रेम जोडी पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकामा गत जेठ ६ गते ६० वर्षीय एक पुरुषको हत्यामा संलग्न रहेको आरोपमा एक किशोर किशोरीको जोडी पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा नौं कक्षामा अध्ययनरत १७ वर्षीय किशोर र १० कक्षामा अध्ययनरत १६ वर्षीया किशोरी रहेका छन्।

आठ महिनामा तीन लाख सवारी साधन थपियो 

चालू आवको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ । सङ्घीय संसद्मा सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशभरमा रहेका कूल सवारी साधनमध्ये ७८ दशमलव छ प्रतिशत मोटरसाइकल छन् । विसं २०४६÷४७ देखि गत आवसम्ममा देशभरमा जम्मा ३२ लाख २१ हजार ४२ सवारी साधन दर्ता भएका थिए । 

बजेटको पूर्वसन्ध्यामा नेप्सेमा झिनो सुधार 

बजेटको पूर्वसन्ध्यामा नेप्से बजारमा झिनो सुधार आएको छ। मंगलबार सेयर बजार परिसुचक (नेप्से) २.५३ अंकले बढेर १३०५ अंकमा अडिएको छ। दिनभर ७५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

साठी प्रतिशत नागरिक सहरमा बस्न थाले

चालू आर्थिक वर्षको फागुनसम्ममा नगर क्षेत्र (सहर) मा बसोबास गर्नेको सङ्ख्या कूल जनसङ्ख्याको ५९ दशमलव नौ प्रतिशत पुगेको छ । सङ्घीय संसद्मा सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार सरकारले पछिल्लो समय घोषणा गरेका २९३ नगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सो जनसङ्ख्या बसोबास गर्दै आएको छ ।   

धनगढी मालपोत कार्यालयमा टाइम बम

सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीको मालपोत कार्यालयमा भेटिएको शंकास्पद वस्तु टाईम बम भएको पुष्टि भएको छ। मालपोत कार्यालय परिसरमा आज बिहान भेटिएको शंकास्पद वस्तु टाईम बम पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आर्मीको लगातार तेस्रो जित

विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । 

केनको कप्तानीमा इंग्ल्यान्ड राष्ट्रिय टोलीको घोषणा

टोटनहाम हट्स्परका फरवार्ड ह्यारी केनको कप्तानीमा इंग्ल्यान्ड फुलबल संघले २३ सदस्यीय राष्ट्रि टोलीको घोषणा गरेको छ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले २७ सदस्यीय टोलीबाट केनको कप्तानी मा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।