प्रदेश २ मा २०.४ प्रतिशत बेरोजगार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/pradesh2_berojgar.jpg

जनकपुरधाम - मुलुकको सात प्रदेशमध्ये सबैभन्दा बढी बेरोजगारी प्रदेश २ मा देखिएको छ। सुविधा तथा उपलब्धताको दृष्टिकोणले सुगम प्रदेश रहे पनि यहाँ सबैभन्दा बढी बेरोजगारी देखिएको हो। सबैभन्दा कम प्रदेश ३ मा ७ प्रतिशत बेराजगारी रहेको छ।

केन्द्रीय तथ्यांक विभागले मंगलबार जनकपुरमा सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ को प्रतिवेदनअनुसार प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको जनाइएको छ। प्रदेश २ मा पुरुषको १५.३ र महिला २८.६ प्रतिशत बेरोजगारी दर रहेको प्रतिवेदनमा जनाइएको छ।

मुलुकको कुल बेरोजगारी दरको तुलनामा समेत प्रदेश २ को बेरोजगारी दर बढी देखिएको छ। तथ्यांकअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत छ। प्रदेश २ को शहरी क्षेत्रमा २०.४, ग्रामीण क्षेत्रका १९.४, पुरुष १५.३ र महिला २०.१ प्रतिशत बेरोजगार छन्।

प्रतिवेदन सार्वजनिक गर्दै विभागका घरपरिवार सर्वेक्षण शाखाका निर्देशक देवेन्द्रलाल कारन्जितले प्रदेश २ मा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्यामध्ये ३ लाख १७ हजार जनसंख्या बेरोजगार रहेको सर्वेक्षणका क्रममा देखिएको जानकारी दिएका छन्। बसोबासको आधारमा २ लाख १६ हजार सहरी र १ लाख १ हजार ग्रामीण क्षेत्रमा बेराजगार देखिएको उनले बताए।
https://www.nicasiabank.com/

प्रदेश २ मा श्रमशक्तिभन्दा बाहिर रहेको जनसंख्या ६०.३ प्रतिशत छ भने जम्मा ३९.७ प्रतिशत श्रमशक्ति सहभागिता दर पाइएको छ। तथ्यांकअनुसार पुरुषको ५६.७ र महिलाको २५.९ प्रतिशत दर श्रम सहभागिता दर प्रदेश २ मा पाइएको छ।

रोजगारमा रहेका र तलब/ज्याला प्राप्त गर्नेहरुको औसत मासिक आम्दानी १७ हजार ८०९ रुपैयाँ रहेकोमा पुरुषको औसत मासिक आम्दानी १९ हजार ४६४ र महिलाको औसत मासिक आम्दानी १३ हजार ६३० रहेको छ। तर प्रदेश २ को सन्दर्भमा मासिक औसत आम्दानी १५ हजार ८८ रहेकोमा पुरुषको १६ हजार ५५० र महिलाको ११ हजार ४१५ रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ।

प्रदेश २ मा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या ३९ लाख ७३ रहेको छ। ती मध्ये १२ लाख ६१ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको छ। जसमध्ये ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिला रोजगारमा लागेका छन्।

प्रतिक्रिया