आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ६ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सोमबार संसद्‍मा के हुँदैछ ? हेर्नुहोस् लाइभ

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि पहिलोपल्ट सोमबार संघीय प्रतिनिधि सभाको बैठक बसिरहेको छ । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । 

'आगामी वर्षको बजेटले देश विकासको गियर बढाउँछ'

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्। धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी

रुपन्देहीको ओमसतिया–१ खुन्चामा रहेको कटैयास्थित एसियन फार्मास्युटिकल प्रालिमा भिषण आगलागी भएको छ। आगलागीबाट उत्पादन गरेर बजार पठाउनका लागि गोदामा राखिएका औषधि जलेर नष्ट हुनका साथै गोदामघरसमेत जलेर नष्ट भएको छ।  

४२ लाखसहित ८ भारतीय पक्राउ

काठमाडौं प्रहरी परिसरले अवैध नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुलाई आइतबार दिउँसो बबरमहल र ठमेल यरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसमेत बरामद गरेको छ। 

सीके राउतको पार्टी आयोगमा दर्ता

डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार सोमबार निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएको छ।

ठेकेदारको चरम लापरवाही : थपिएको म्यादमा समेत उठ्न सकेनन् पुलका पिलर 

कञ्चनपुरको सीमामा निर्माणाधीन मोहना–राजघाट पुल थप गरिएको समयावधिमा पनि नबन्ने देखिएको छ।  

कांग्रेसको प्रश्‍न– ‘स्वास्थ्य र शिक्षाको रकम कसरी भवन निर्माणमा पुग्यो?’

नेपाली कांग्रेसले प्रदेश सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ। भनाई र गराइमा भिन्नता रहेको भन्दै कांग्रेसले प्रदेश सरकारको कामकबारहीप्रति आपत्ति जनाएको हो।

राजपाका दुई केन्द्रीय सदस्य जेल चलान

उपभोक्ता समिति गठन गर्न किर्ते गरेको अरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दुईजना केन्द्रीय सदस्य जेल चलान भएका छन्। सप्तरी जिल्ला अदालतले राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डललाई सोमबार पुर्पक्षका लागि करागारमा राख्न आदेश सुनाएको छ।

विधेयकको विरोध गर्दै प्रदेशसभा भवन अगाडी सञ्चारकर्मीको प्रर्दशन

प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै प्रदेश २ का सञ्चारकर्मीहरुले प्रदेशसभा घेराउ गरेका छन्। स्वतन्त्र पत्रिकारितमाथि हस्तक्षेप गर्ने गरी ल्याइएको विधेयक खारेजीको माग राख्दै सञ्चारकर्मीहरुले सोमबार प्रदेशसभा घेराउ गरेका हुन्।

कांग्रेसले बनायो छायाँ सरकार, को को भए मन्त्री ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार गठनलाई पूर्णता दिएको छ। सरकारको कामकारबाहीको प्रभावकारी अनुगमन गर्नका लागि कांग्रेसले छायाँ सरकार गठन गरेको हो।

आफ्नै रेकर्ड तोड्न पुनः चुचुरोतर्फ लागे कामिरिता

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो। आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी २४ औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेका पर्यटन विभागले जनाएको छ। 

राजकीय रबाफ छाडेर अस्ट्रियामा जमेका राणा

राणा खानदानको जन्म। सानैमा मातृवियोग, बाबु चितवनको काठ गोदामको हाकिम, सौतेनी आमाको कहर आदि दुःख भोग्दै हजुरआमाबाट हुर्किबढेका हरिकुमार राणाको बाल्यकाल त्यति सहज थिएन। आधार स्कुलबाट औपचारिक शिक्षा थालनी गरेका उनले कहिले तराईका विभिन्न ठाउँ र कहिले इलाममा पुगेर शिक्षा हासिल गरे। संघर्षपूर्ण जीवन भए पनि उनले विद्यालय शिक्षा पूरा गरेरै छाडे। पढिसकेपछि उनलाई सेनामा जान प्रस्ताव आयो। कसैलाई मार्नुपर्ने हो कि भन्ने डर लाग्यो उनलाई। त्यसैले त्यसमा रुचि लागेन। लेखापढीमा लाग्न धेरैतिरबाट प्रस्ताव आयो। यसमा पनि उनी आकर्षित हुन सकेनन्। घरको काममा लागेर दिन बिताउन थाले। 

सुमार्गीले तिरेनन् साढे चार अर्ब कर

व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर तिर्न अस्वीकार गरेका छन्। उनले अर्बौं रुपैयाँ कर तिर्न अस्वीकार गरेको भन्दै आन्तरिक राजश्व कार्यालयले विज्ञप्ति जारी गरेको छ।

'दुई हेलमेट नियम तत्काल कार्यान्वयन हुने होइन'

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपांग्रे सवारी साधन पछाडि बस्ने यात्रुले हेलमेट लगाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा यो नियमको चर्को आलोचना हुन थालेपछि सोमबार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत यो नियम तत्काल लागु नहुने बताएको हो।

सेती नदीमा बालिका बेपत्ता 

सेती नदीमा नुहाउने क्रममा आइतबार बगेर एक बालिका बेपत्ता भएकी छिन्। शिखर नगरपालिका–४ घर भइ दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर आएकी १६ वर्षीया धर्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनबाटै

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ। 

बैंकहरू किन बाध्य भए एटिएममा अनिवार्य नेपाली राख्न ?

नेपालका सबै बैंक तथा वित्तीय संस्थाका एटिएममा नेपाली भाषा अनिवार्य रूपमा रहने भएको छ। राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले एटिएममा अन्य भाषालाई ऐच्छिक र नेपाली भाषालाई अनिवार्य रूपमा राख्न थालेका हुन्। यसअघि एटिएममा अंग्रेजी र चिनियाँ भाषा राखिएका थिए। नेपाली भाषालाई भने केही एटिमएमले मात्र प्रयोग गर्दै आएका थिए। नेपाली भाषा हटाएर चिनियाँ भाषा राखिएको विरोध गर्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएपछि राष्ट्र बैंक अन्य भाषालाई ऐच्छिक र नेपालीलाई अनिवार्य रूपमा राख्न सहमत भएको हो।

सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाद्वारा संसदमा अवरोध

सभामुख कृष्ण बहादुर महराको रुलिङ्ग सरकारले नमानेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा अवरोध गरेको छ। मधेश–थरुहट आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गिरिश चन्द्रलालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाले माग गर्दै आएको छ।

ठूलो दुर्घटनाबाट बच्यो स्कुट एयरको विमान

भारतको तमिलनाडुबाट सिंगापुरका लागि उडेको स्कुट एयरको विमान आपतकालिन ल्यान्डिङ गरिएको छ। विमानको इन्जिनबाट आगोको झिल्का निस्कन थालेपछि विमानलाई चेन्नईमा आपतकालिन ल्यान्डिङ गराइएको थियो।

बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा ११ जनाको मृत्यु

ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन्।

सभामुखको रुलिङ्ग नमानेको भन्दै राजपाद्वारा संसदमा अवरोध 

सभामुख कृष्ण बहादुर महराको रुलिङ्ग सरकारले नमानेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा अवरोध गरेको छ।

४२ डिग्री गर्मी : अघिअघि बुद्ध, पछिपछि मन्त्रीको ताँती

भर्खरै बोल्लान् जस्तो आकृतिका बुद्धको प्रतिमा चर्को घाममा टल्किरहेको थियो । भव्य तरिकाले सिँगारिएको रथारोहणले आइतबार दिउँसोको ४२ डिग्रीको तापक्रमको पर्वाह नगरी तौलिहवा बजार गुन्जायमान गराइरहेको थियो ।

अपरेसन क्लिन काठमाडौं : पुराना फाइल खोतल्दै प्रहरी

प्रहरी सक्रियता बढेसँगै उपत्यकामा अघिल्ला वर्षको तुलनामा संगठित अपराध, अपहरण, गुन्डागर्दी, फिरौतीलगायत घटनामा केही कमी आएको थियो ।

प्रहरीद्वारा युवती बलात्कृत, कारबाहीको माग गर्दै प्रदर्शन

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत बलात्कारमा सलग्न प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन्।

प्रहरीले गोली हानेर गुन्डा समात्यो

प्रहरीले गोली हानेर एक जना टोले गुन्डालाई पक्राउ गरेको छ । काठमाडौँको टोखामा गोली हानेर प्रहरीले टोले गुन्डा विष्णु तामाङ ‘काले’ लाई नियन्त्रणमा लिएको हो ।

दरबार हत्याकाण्डको अर्को खुलासा : श्रुति जीवितै थिइन् !

दरबार हत्या काण्डका विषयमा थुप्रै किताबहरु लेखिएका छन् । केहिले नयाँ कुराको खुलासा गरे भने केहि किताब बाहिर जे आएको थियो त्यसकै आधारमा लेखिएका थिए । 

ट्रकको ठक्करबाट काठमाडौँका अनुपको मृत्यु

नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् । 

मोदी नै प्रधानमन्‍त्री बन्‍ने आकलन, यस्तो छ एक्जिट पोलको नतिजा 

भारतमा सम्पन्न लोकसभा निर्वाचनपछि आइरहेका एक्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने देखिएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।