शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?

रमेश प्रसाईको प्रश्न- ग्यासको लाइन देखेर लाज लाग्यो, प्रधानमन्त्री र मन्त्रीक्वाटरमा अभाव छ की छैन ?

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको घरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेका छन्। 

प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रसाईले बजारमा ग्यासको अभाव देख्दा लाज लागेको भन्दै  प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गरेका छन्। 

उनले चुनावमा रास्वपाको सरकार आए नो लाइन भनेर गरेको भाषण आफैले गरेको भन्दै अहिले ग्यासको लाइन देख्दा आफैलाई लाज लागेको बताए।

उनले भने, 'चुनाव ताका गरेका भाषणहरु सम्झिदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रास्वपाको सरकारमा वन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रत भरि मध्यरात सम्म लाइन बसेको देख्दा मलाई साच्चिकै लाज लागेको छ।' 

प्रसाईले कृतिम अभाव सिर्जना गरिएको भने सरकारले किन कारवाही गर्न सकेको छैन भन्दै जनताले नयाँ सरकारमा चिल्ला र ह्याण्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको बताए। 

उनले भने, 'मेरा दुई वटा प्रश्न छन्। एउटा यो ग्यासको अभाव देश भरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन। अर्को यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले ग्यास हवारह्वार्ती आएर पनि कालोबजारी हो भने कालोबजारी गर्नेलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाईको सरकारलाई ? जनताले नयाँ सरकार खोजेको भनेको चिल्ला र ह्यान्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको हो।'

प्रकाशित: Aug 07, 2026| 15:55 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्