शनिबार, साउन २३, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज वैशाख २९ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

अबको तीन दिन हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अगामी तीन दिन मौसम बदलिने भएको छ ।

प्रदेश पाँचको हर्ष : लुम्बिनी भ्रमण वर्ष 

प्रदेश नं. ५ मा यतिबेला लुम्बिनी भ्रमण वर्षको चर्चा चुलिएको छ। लुम्बिनी भ्रमण वर्षको चर्चा  प्रदेश ५ मा मात्रै सिमित नभएर देश विदेशसमेतमा पुगेको छ। सोही अनुसार तयारी पनि भइरहेको छ। प्रदेशको मुख्यमन्त्री कार्यलयदेखी सबै मन्त्रालय, स्थानीय सरकारका कार्यलयहरु,  मुख्य शहर र सडकहरुमा मात्रै होइन होटल तथा रेष्टुरेन्ट एवं मिडियामासमेत भ्रमण वर्षको चर्चा छ। प्रदेशका १२ जिल्लामा हरेक दिन विहानदेखी साँझसम्म भइरहेका हरेक कार्यक्रमका वक्ताहरुले पनि भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्ने गरेका छन्। 

आन्दोलनमा उतरेपछि जनप्रतिनिधि जुटे सरसफाइमा

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरु हड्तालमा उतरेपछि जनप्रतिनिधिहरु आफै सरसफाई कार्यमा जुटेका छन्। बाँकी रहेको पछिल्लो चार महिनाको तलब भुक्तानी गर्न माग राख्दै सफाइ कर्मचारीहरु आन्दोलनमा उतरेका छन्।

जहाँ आफ्नै गाउँ जान भारतीयको अनुमति लिनुपर्छ

व्यास गाउँपालिका–१ छाङ्गरुका ६५ वर्षीया हाजी बोहरालाई कुञ्चा सर्दा जहिल्यै तनाव बढ्छ। उहाँलाई बसाइँसराइ नगर्नु परे हुने थियो जस्तो लाग्छ। उनले एक्लै गइँदैन, गाइबस्तु, घोडा खच्चड, चौँरी लालाबालासहित बसाइँ सर्नुपर्छ। बसाइँसराइ गर्दा जहिल्यै तनाव दिने विषय हो आफ्नै गाउँ जान भारतीय अनुमति लिनुपर्ने।

चुरेको जंगलमा भिषण आगलागी

कैलालीको चुरे क्षेत्रको जमगलमा भिषण आगलागी भएको छ। गोदावरी नगरपालिका–४  र चुरे गाउपालिकाको वन क्षेत्रमा केही दिन यता भयानक आगलागि भएको हो। चुरे क्षेत्रका वनहरुमा एक दशक यताकै ठुलो आगलागी भएको स्थानीयले बताएका छन्। 

पत्रकारको कलममाथि कम्युनिस्ट तरबार : कांग्रेस

 नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएर अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको आरोप लगाएको छ।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ। 
त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड
त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड भएको छ। खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले सेवा आयोगको कार्यालयमा तोडफोड गरेका हुन्।

भूगर्भविद्हरू भन्छन् – 'भूकम्पको खतरा छ'

गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन्। 

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। 

गम्भीरमान मास्केको सालिक राखिने

राजधानीको विश्व निकेतन माविका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना गरिने भएको छ। विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सो सम्बन्धमा जानकारी दिन शनिबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय मास्केको पुण्यतिथि पारेर मंसिर १६ गते सालिक प्रतिस्थापन गरिने बताइयो। 

काङ्ग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। 

किन गए प्रधानमन्‍त्री भियतनाम र कम्बोडिया ?

आगामी आर्थिक वर्षको बजेट बनिरहँदा प्रधानमन्त्री केपी ओली भने भियतनाम र कम्बोडिया भ्रमणमा निस्किएका छन्। प्रधानमन्त्रीको कम्बोडिया र भियतनाम भ्रमणलाई लिएर नेपालका सञ्चारमाध्यममा विभिन्न्न खालका प्रतिक्रिया आइरहेका छन्। तर अधिकांश प्रतिक्रिया भ्रमणको बोझिलो आर्थिक खर्च र प्राविधिक पक्षमा मात्र अल्झिएका छन्। दुवै मुलुकसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएको धेरै वर्ष बितेको भए पनि नेपालले कम्बोडिया र भियतनामबाट कुनै फाइदा लिन सकेको भने छैन।

हेड टु हेट : आत्मविश्वसी मुम्बई, चेन्नाईलाई बदला

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि आज (आइतबार) मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । खेल हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बने सुरु हुने छ । 

नेकपाको अन्तिम एकता जेठ ३ मा : को-को आउँदैछन् पोलिटब्युरोमा ?

सत्तारूढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । शीर्ष नेताहरुबीच पटकपटक भएको छलफलमा पार्टी एकताको वार्षिकोत्सव (३ जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य विभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा भएको स्रोतले बतायो।

किन भेला भए पाटनमा ४५ प्राध्यापक ? 

ललितपुरको पाटन क्याम्पसमा नेपाली विषयका ४५ जना प्राध्यापक भेला भएर विशेष कार्यक्रम गरेका छन्  । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भेला भएका प्राध्यापकहरुले  नेपाली भाष, शिक्षण र अनुसन्धानका विषयमा छलफल गरेका हुन् । 

यस्तो छ पुरुष नर्सको कथा

आज १९९ औं अन्तर्राष्ट्रिय नर्स दिवस । नर्स भन्ने बित्तिकै सबैको मानसपटलमा सेतो वस्त्रमा सजिएका युवतीको चित्र आउँछ। नेपालका स्वास्थ्य संस्थामा महिला मात्रै नर्स देखिने भएकाले धेरैमा यस्तो महसुस हुनु स्वाभाविकै हो।

नेपालले भियतनामसँग गरेको १६ बुँदे सम्झौतामा के छ ? 

नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिसँग सम्बन्धीत विषयमा समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा  १६ बुँदे सहझदारी भएको हो । 

फेरि गयो ५ दशमलव १ रेक्टरको भूकम्प

शनिबार मध्यरातमा भूकम्प गएको छ । दैलेखको नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । 

भियतनाममा के गर्दैछन् प्रधानमन्त्री ओली ?

साता व्यपापी लामो विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओली भियतनाममा उच्चस्तरिय भेटवार्तामा व्यस्त भएका छन् । गत बिहीबार भियतनाम गएका प्रधानमन्त्री ओलीले उच्चस्तरीय सरकारी अधिकारी र नेताहरुसंग भेटवार्ता गरेका छन् । 

एकाबिहानै कनकाई पुलमा भेटियो शङ्कास्पद वस्तु 

झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेलापरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।