शुक्रबार, वैशाख १४, २०८१

आजका अखबार : एक्सरे गर्न जेनेरेटर बोक्छन् गाउँले 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले स्थानीय तहका पटके समितिलाई करोडौंका आयोजनालाई दिइएको  विषयलाई मुख्य समाचार बनाएको छ ।

देशभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति रहेकोमा २ लाख भन्दा बढि पटके समिति छन् । बजेट हात पार्न गठन भएका यस्ता पटके समितिलाई नै स्थानीय तहले करोडमाथिका आयोजना सुम्पिने गरेको छ । जहाँ चरम आर्थिक अनियमितता हुने समाचारमा उल्लेख छ।

यस्तै अन्नपूर्णले डोल्पामा उपचार गर्न आउने बिरामीले आफैंले जेनेरेटर ल्याउनु पर्ने बाध्यता रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय बताउँछन् । अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको समाचारमा जनाइएको छ ।

आजको कान्तिपुर दैनिकले भने एकै चालकले एक हजार किलो मिटरसम्म गाडी चलाउने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । सुदुरपश्चिम प्रदेशबाट काठमाडौंका लागि छुट्ने अधिकांश बस एकजना चालकै भरमा गुड्ने गरेका छन् । जसका कारण पटक पटक बस दुर्घटना हुने गरेको समाचारमा उल्लेख छ ।
 
नियमनकारी निकाय, यातायात व्यवसायी र सवारी साधन सञ्चालन गर्ने कर्मचारीको लापरबाहीका कारण भिमदत्त राजमार्गमा औसतमा दैनिक २ वटा दुर्घटना हुने गरेको छ । लापरबाही कै कारण सुदुरपश्चिम प्रदेशमा हरेक साता औसतमा ५ जनाको मृत्यु हुनुका साथै  १२ जना बढि घाइते हुने गरेको समाचारमा जनाइएको छ ।
 
आजको राजधानी दैनिकले भने केन्द्रीय सरकारले स्थानीयत तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी प्रक्रिया अघि बढाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालले स्थगित हुँदै आएको लोसेवाको परीक्षा छिट्टै सुचारु हुने बताएका छन् । प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया थालेको समाचारमा जनाइएको छ । 

त्यसैगरी राजधानी दैनिकले राष्ट्रपतिको चीन भ्रमणमा भएका सम्झौता र सहमतिलाई पनि महत्वका साथ छापेको छ । चिनियाँ लगानीकर्तालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेको समाचारमा उल्लेख छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।