बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत २८ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'चिकित्सकका माग संघीयता विरोधी'

सङ्घीय  मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकका माग संविधान र संघीयता विरोधि भएको आरोप लगाएका छन्। 

सरकारको दमनले अब रोकिँदैन जनसंघर्ष :  कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे मागको कार्यान्वयनका लागि दबाब दिन बिहीबार पनि राजधानीमा धर्ना र प्रदर्शन गरेको छ। राप्रपाले त्रिपुरेश्वरबाट र्‍याली निकालेर काठमाडौं महानगरपालिकको कार्यालय अगाडि धर्ना दिएको थियो । धर्नामा संलग्‍न प्रदर्शनमाथि हस्तक्षेप गरी लाठीप्रहार गरेको राप्रपाले जनाएको छ। 

विप्लवी र सरकारी माओवाद : इतिहासको गोलचक्कर 

'गुलेली नभएका माओवादीले जनयुद्ध गर्ने रे ! बाँसको टुप्पोमा बसेर बाँस नुगाउने जुरेलीको खुट्टै देखेर पत्याइयो', वर्तमान प्रधानमन्त्री केपी ओलीको चोटिलो व्यंग्यवाणले त्यतिबेला पनि धेरैलाई हँसाएको थियो- जस्तो अचेल हसाउँछ । तर केपी ओलीले हँसाएजस्तो राजनीतिक परिस्थिति हाँस्न योग्य बनेन। बरु उल्टो, माओवादीको सामाजिक विध्वंसले मुलुकभरि रुवाबासीको कारुणिक कथा आरम्भ गर्‍यो। केपी ओलीको व्यंग्यवाणबाट छुटेको हाँसो इतिहासको खिल बनेर आज पनि बिझाइरहेको छ। 

कैलालीमा दुधे बालकसहित ३ पक्राउ

बस आगजनीमा संलग्नलाई लुकाएको भन्दै कैलालीमा दुधे बालकसहित तीन जनालाई पक्राउ गरिएको छ।

छुट्टाछुट्टै दुर्घटनामा २ को मुत्यु

अछाम र बाजुरा जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिकामा से २ त ८२४ नम्बरको ट्याक्टर भीरबाट खस्दा एक जनाको मुत्यु भएको हो। मृत्यु हुनेमा ४५ वर्षीय नरबहादुर नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

क्षेत्रीय प्रशासन कार्यालय खारेज

सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ। कार्यालयअन्तर्गत रहेका सबै स्रोत साधन, चलअचल सम्पत्ति तथा अभिलेखहरु सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ।

सेनाका अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन्। भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ७७ जनालाई उक्त पद प्रदान गरिएको हो।

प्रदेशकाे बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा केन्द्र सरकार मातहत रहेका कार्यालयलाईसमेत लागू हुने भएको छ। बिहीबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रदेश सरकारका गुनासा सम्बोधन गर्न यस्तो निर्णय गरिएको बताए।

यसकारण लाग्यो पब्जीमा प्रतिबन्ध

पछिल्लो समय निकै लोकप्रिय भएको इन्टरनेट गेम पब्जीमाथि नेपालमा प्रतिबन्ध लागेको छ। सरकारले यो गेममा प्रतिबन्ध लगाउनका लागि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेको छ।

परिचयपत्रअनुसार अपाङ्गता भत्ता

इटहरी उपमहानगरबाटै अपाङ्गता परिचयपत्र वितरण सुरु भएको छ। यसअघि अपाङ्गता परिचयपत्रका लागि महिला बालबालिका कार्यालय इनरुवा पुग्नु पर्थ्यो। तर, अब स्थानीय सरकारले नै यस्तो परिचयपत्र वितरण गर्न थालेको छ। 

पहिलो पटक सार्वजनिक भएको 'ब्ल्याक होल' के हो ? 

ब्ल्याक होलको फोटो पहिलो पटक सार्वजनिक गरिएको छ। पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी) मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन्। 

सरकार निरीह बन्यो : कांग्रेस

नेपाली कांग्रेसले सरकार मुलुकमा शान्ति, सुव्यवस्था कायम राख्न असक्षम र निरीह बनेको बताएको छ।

'सेतो कोट लाएर विरोध गर्न पाइन्छ?'

सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेतो कोट लगाएर विरोध गर्नु अव्यवहारिक हुने बताएका छन्।

‘महासचिवज्यूले ललितनिवासको जग्‍गा किन्‍नुभाे, ठगिनुभो’

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललित निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेलले किनेको स्वीकार गरेका छन्। मन्त्री बाँस्कोटाले सञ्चारमाध्यममा आए जसरी महासचिव पौडेलले कुनै अनियमितता नगरेको तर जग्गा किनेर पौडेल उल्टै ठगिएको दाबी गरे।

राजनीतिमा बिग्रँदो समय

मृत्युभय खतरनाक हुन्छ। त्यसले मान्छेलाई आफ्नो अस्तित्वबारे सोच्न वाध्य बनाउँछ। जब नश्वर देहको क्षणभंगुरता वोध भएपछि मान्छे आपूmलाई अमर बनाउने उपाय सोच्छ। २९ वर्षअघि साहित्यकार बलदेव शर्मा मजगैयाँलाई पनि त्यस्तै भयो। २०४६ सालमा पञ्चायती व्यवस्थाविरोधी क्रियाकलापमा लाग्दा जेलपरेका उनले ‘मृत्युदण्ड’ पाउने हल्ला चलेपछि ‘ओहो त्यत्तिकै मरिने भइयो कि क्या हो’ भन्ने डर उनका मनमा पस्यो। अनि आफ्नो कीर्ति राख्न साहित्यिक कृति लेखे। ०४६ सालमा जेलमा लेखेको उनको पहिलो उपन्यास ‘नरमणि’ ०४८ मा छापियो।

विश्वकै ठुलो भारतीय चुनाव : पाँच रोचक पक्ष यस्ता

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको निर्वाचनको पहिलो चरण बिहीवारबाट सुरु भएको छ। दशौँ लाख भारतीयहरूले २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचनक्षेत्रमा मतदान गर्दैछन्।

पूर्वराजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा हेमकाे ज्यान गयो 

पूर्वराजा ज्ञानेन्द्र शाह चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पु‍र्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङ सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो।

सडक दुर्घटनामा गुल्मीले गुमायो राजनीतिक हस्ती

गुल्मी जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनका अभिभावकसमेत मानिने विकासप्रेमी नेता रुद्रमणि भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।

नयाँ वर्षमा घुम्न सकिने ‘कर्णाली’ का तीन गन्तव्य

नेपाली क्यालेन्डर परिवर्तन हुने दिन आउन दुई दिन मात्र बाँकी छ। नयाँ वर्षमा नयाँ योजनासँग नयाँ ठाउँ घुम्ने इच्छा र योजना तपाईको पनि हुन सक्छ। भर्जिन कर्णालीमा पुगेर नयाँ वर्षलाई विशेष रुपले मनाउने योजनामा हुनुहुन्छ भने उपयुक्त पर्यटकीय गन्तव्यबारे जानकारी हुनैपर्छ।

सिडिओ हीरादेवीको अनुभूति- 'आइमाई नि सिडिओ हुन्छन् !'

भोजपुरमा २०७५ चैत १० गतेबाट सिडियो भएर आएकी हिरादेवी पौडेलले आफ्नो १ वर्षे कार्यकाल पुरा गरेकी छिन् । यस अगाडि रसुवाको सिडियो समेत भएकी पौडेललको बिहीबारबाट गृह मन्त्रालय औपचारिक कार्यकाल सुरु गरेकी छिन् । 

स्कुटर दुर्घटनामा सङ्गीतकार थुलुङ राईको निधन

दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका  सङ्गीतकर्मी थुलुङ राईको दुर्घटनामा परी निधन भएको छ ।

१४ हजार अस्थायी शिक्षक स्थायीमा नियुक्त, बाँकी आन्दोलित 

आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन्।  

भारतमा लोकसभा चुनाव सुरु : ९० करोडले मतदान गर्ने

भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार रहेका छन्।

नेपालले चीनसँग दुई मैत्रिपूर्ण खेल खेल्ने

नेपाली महिला यू-१९ टोलीले चीनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली महिला टोलीले एक खेल चीनको एक स्थानिय टिमसँग र एक खेल चीनको यू-१५ महिला टोलीसँग खेल्ने भएको हो । 

चिकित्सक संघले डाक्यो बृहत भेला, आन्दोलनको कार्यक्रम घोषणा गर्ने

 नेपाल चिकित्सक संघले आकस्मिक रुपमा डाक्टरहरुको बृहत् भेला डाकेको छ । विभिन्न माग राख्दै धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले धरपकड गरेपछि संघले आकस्मिक भेला डाकेको हो ।

मुम्बईसँग पन्जाव पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जावलाई  पराजित गरेको छ । बुधबार राती भएको खेलमा मुम्बईले पन्जावलाई ३ विकेटले पराजित गरेको हो । 

विमानस्थलका महाप्रबन्धकलाई स्पष्टीकरण : मनलाग्दी उडान किन ? 

अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार आठौंका चार स्वर्णको टुङ्गो 

प्रदेश नं. ५ मा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको खेलमा चार स्वर्ण पदकको टुङ्गो लागेको छ । प्रतियोगिताका दुई स्वर्ण टेलब टेनिसमा टुङ्गो लागेका हुन् भने दुई स्वर्ण लनटेनिका हुन् । 

कथाकार सागरलाई मैनाली कथा सम्मान

वरिष्ठ कथाकार विजय सागरलाई यस बर्षको मैनाली कथा सम्मान प्रदान गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष कार्यक्रमका अवसरमा भैरहवा निवासी कथाकार सागरलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गीता केशरीले सम्मान गरेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।