आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. उप्रेती

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. उप्रेती

अर्थ मन्त्रालयले डा. सुरेन्द्रकुमार उप्रेतिलाई बरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने भएको छ। अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं‐ अर्थ मन्त्रालयले डा. सुरेन्द्रकुमार उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने भएको छ। अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

उनको विज्ञता अर्थिक नीति विश्लेषणमा रहेको छ। डा. उप्रेतीले विश्व ब्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा विद्यावारिधी गरेको अर्थ मन्त्रालयले जनाएको छ। आफू उर्जामन्त्री हुँदा नीतिगत मामिलामा सघाएको भन्दै अर्थमन्त्री जननार्दन शर्माले उनलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को संभाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका थिए। उनले विभिन्न ठूला परियोजनाहरूमा पनि अर्थविद्का रूपमा काम गरिसकेका छन्। 

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा. उप्रेती कर्णाली प्रदेश मन्त्रिपरिषदको आर्थिक विज्ञसमेत हुन्।  

उनले गत शुक्रबार जारी भएको मौद्रिक नीति चुहावट गरेको आरोप लागेको छ। अर्थमन्त्रीले मौद्रिक नीति अध्ययनका लागि मगाएर उनलाई अध्ययन गर्न दिँदा मौद्रिक नीति चुहिएको आरोप छ। 

अर्थमन्त्री शर्माले यसअघि संसदमा प्रसतुत गरेको श्वेततपत्र (यथार्थपत्र) बनाउँदा पनि उनले मुख्य भूमिका निर्वाह गरेका थिए। उनीप्रति अर्थसचिव मधुकुमार मरासीनी पनि निक्कै लोयल भएका कारण अर्थमन्त्री शर्माले श्वेतपत्रको सम्पूर्ण जिम्मा उनलाई दिएका थिए।

प्रकाशित: Aug 20, 2021| 09:06 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्