आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा संस्थानको प्रिमियम कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने

बिमा संस्थानको प्रिमियम कनेक्ट आइपीएसमार्फत् भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आइपीएस मार्फत् भुक्तानी गर्न सकिने भएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं‐ राष्ट्रिय बिमा संस्थानको प्रिमियम कनेक्ट आइपीएस मार्फत् भुक्तानी गर्न सकिने भएको छ। कनेक्ट आइपीएसमार्फत् डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरी प्रक्रिया मिलाइएको जानकारी दिएको हो। 

संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईयो) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गरे। प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपियाँ बराबरको बिमाशुल्क कनेक्ट आईपीएसमार्फत् भुक्तानी गरी सेवाको शुभारम्भ गरेका थिए। 

अब संस्थानमा बिमाशुल्क बुझाउन लाइन बस्नुपर्ने बाध्यता हटेको छ। क्लियरिङ हाउसका सीईओ प्रधानले पोलिसी नम्बर र बीमितको जन्म मिति राखेर कनेक्ट आईपीएसमार्फत् बिमाशुल्क बुझाउन सकिने बताए। 

जीवनबिमाको प्रिमियम भुक्तानी डिजिटलाइज गरेको संस्थानले बिमा दाबी/भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगानीलगायतका कारोबारसमेत डिजिटलाइजेसन गर्न तयारी भइरहेको बताएको छ। 

प्रकाशित: Aug 19, 2021| 17:47 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्