काठमाडौ‐ अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयभित्रका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन्। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सहसचिवहरुको सरुवा गरेको हो।
मन्त्री शर्माले आन्तरिक राजस्व विभागमा शोभकान्त पौडेललाई लगिएको छ भने बजेट महाशाखामा भुपाल बराललाई प्रमुखको जिम्मेवारी दिइएको छ। पौडेल जानुअघि आन्तरिक राजस्व विभागमा झक्कप्रसाद आचार्य महानिर्देशक थिए। उनलाई तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यहाँ सरुवा गरेका थिए।
मन्त्री शर्माले आन्तरिक राजस्व विभागमा पठाएका पौडेल काठमाडौं क्षेत्र नम्बर १ का प्रमुख कर प्रशासक रही काम गरिसकेका छन्। पौडेल २०७० मा सहसचिव परिक्षामा सर्वोत्कृष्ट भएका थिए। स्याङ्जा स्थायी घर भएका पौडेल यसअघि सूचना तथा सन्चार मन्त्रालयमा थिए।
त्यस्तै अर्थमन्त्री शर्माले भन्सार विभागको महानिर्देशकमा नारायण सापकोटालाई सरुवा गरेका छन् । यसअघि सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। मन्त्री शर्माले केही दिन अघि भन्सारको विभागको जिम्वेवारी दिने भन्दै उनलाई अर्थमन्त्रालयमा तानेका थिए। यसअघि भन्सार विभागको जिम्मेवारी यमलाल भुषाललाई दिइएको थियो। उनलाई पनि तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारमा लगेका थिए ।
त्यस्तै मन्त्री शर्माले बजेट महाशाखाको प्रमूखमा भुपाल बराललाई नियुक्त गरेका छन्। बराल यसअघि लगानी बोर्डमा थिए। बजेट महाशाखामा बराल पुग्नुअघि सुमन शर्मा प्रमुख थिए। तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडा अथर्गमन्त्री हुदा भन्सार विभागका प्रमूख भएको शर्मालाई पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय सारेर बजेट महाशाखाको जिम्मेवारी दिएका थिए।