आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जलविद्युतको सेयरमा जोखिम बढेसँगै अध्ययन गरेर मात्र लगानी गर्न आग्रह

जलविद्युतको सेयरमा जोखिम बढेसँगै अध्ययन गरेर मात्र लगानी गर्न आग्रह

जलविद्युतको सेयरमा अध्ययन गरेर मात्र लगानी गर्न विद्युत नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं‐ जलविद्युतको सेयरमा अध्ययन गरेर मात्र लगानी गर्न विद्युत नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ। 

पछिल्लो समय हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। साथै जलविद्युत कम्पनीले धमाधम हकप्रद निश्काशन गर्ने तयारी गर्न थालेसँगै उनीहरूको सेयर मूल्य आकासिएको छ। 

कम्पनीको नाफा तथा प्रतिफलमा कमी भए पनि सेयर मूल्य ह्वात्तै बढ्न थालेपछि लगानीकर्तालाई सजग रहन आयोगले सूचना जारी गरेको हो।

आयोगले जलविद्युतको सेयरमा लगानीका लागि विभिन्न १६ वटा बुँदा अध्ययन गर्नुपर्ने जनाएको छ। बिहीबार नियमन आयोगले विज्ञप्ति जारी गर्दै जलविद्युतको सेयरमा लगानी गर्दा नेटवर्थ, पिई रेशियो, बजार मूल्य, ईपिएस (प्रतिसेयर आम्दानी), आरओई (प्रतिफल) लगायत सूचक अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको हो।

आयोगले कुनै पनि कम्पनीले दिने वा दिनसक्ने लाभांशको समेत लेखाजोखा गरी लगानी गर्न आग्रह गरेको छ।

आयोगले विज्ञप्ति जारी गरे पनि जलविद्युत कम्पनीको सेयर १२ बजेर ५१ मिनेट जादा ६९.६१ प्रतिशतले घटेको थियो।

प्रकाशित: Aug 19, 2021| 13:15 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्