आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाफा बढेपनि बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल यसकारण कम [सबै वाणिज्य बैंकको विवरणसहित]

नाफा बढेपनि बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल यसकारण कम [सबै वाणिज्य बैंकको विवरणसहित]

केही वर्षयता ओरालो लागेको वाणिज्य बैंकहरुको पुँजी प्रतिफल (रिटर्न अन इक्विटी) मा गत आर्थिक वर्षमा सुधार देखिएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– केही वर्षयता ओरालो लागेको वाणिज्य बैंकहरुको पुँजी प्रतिफल (रिटर्न अन इक्विटी) मा गत आर्थिक वर्षमा सुधार देखिएको छ। २०७६ असारसम्ममा वाणिज्य बैंकहरुको औसत प्रतिफल १२.३० प्रतिशतमा झरेकोमा २०७७ असारमा १२.५४ प्रतिशत पुगेको छ। 

खराब कर्जाको असुली तथा कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा कम क्षति भएसँगै कर्जा विस्तारमा पनि आक्रामक देखिएपछि बैंकहरुको प्रतिफल बढेको हो। बैंकहरुको ब्याज आम्दानीमा गत आर्थिक वर्षमा प्रत्यक्ष प्रभाव परे पनि अन्य व्यापार तथा सञ्चालन नाफामा सुधार आएका कारण प्रतिफल बढेको हो। 

बैंकहरुले पछिल्लो समय सेयरमा लगानी गरेको र सो क्षेत्रबाट राम्रो आम्दानी गरेका कारण पनि राम्रो प्रतिफल दिन सकेका हुन्। त्यस्तै, धेरैजसो कारोबार डिजिटल भएका कारण सञ्चालन खर्चमा पनि कटौती भएको छ। समग्रमा भन्दा व्यापारमा विविधिकरण गरेका कारण वाणिज्य बैंकहरुको नाफामा वृद्धि भई प्रतिफल पनि बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले जनाए। 

आव २०७६–०७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेकोमा  आव २०७७–०७८ मा ६३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। सेयर लगानीबाट राम्रो कमाएपछि बैंकहरुले अन्त ध्यान नदिएपछि नेपाल राष्ट्र बैंकले अल्पकालीन लगानीमा बन्देज गर्नेगरी गत जेठमा निर्देशन जारी गरेको थियो। 

वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रतिफल एनआईसी एसिया बैंकको रहेको छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.६४ प्रतिशत प्रतिफल दिन सक्छ। त्यस्तै दोस्रोमा सानिमा बैंक छ। सो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.८ प्रतिशत प्रतिफल  दिनेछ। 

सबैभन्दा कम प्रतिफल दिने बैंकमा भने सिभिल बैंक रहेको छ। उसले गत आर्थिक वर्षको नाफाबाट जम्मा ५.५२ प्रतिशतमात्र प्रतिफल दिन सक्नेछ।

हेर्नुस् कुन बैंकको प्रतिफल कति


प्रकाशित: Aug 19, 2021| 12:44 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्