आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत ०१ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

२०७६ मा कुनकुन दिनमा सार्वजनिक विदा

सरकारले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ का सार्वजनिक विदा सार्वजनिक गरेको छ। शुक्रबार गृहमन्त्रालयले सार्वजनिक गरेको राजपत्रमा प्रकाशित सूचना अनुसार वर्षभरी १५ दिन सार्वजनिक विदा परेको छत।

सिकेलाई जवाफ दिन मधेशकै जनता काफी : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले विखण्डनकारी सिके राउतलाई जवाफ दिन मधेशकै जनता काफी रहेको बताएका छन्। विप्लवलाई हतियार बनाएर सरकारले मुलुकमा हिंसाको अवस्था उत्पत्र गर्न खोजिरहेको भन्दै नेता थापाले विखण्डनको कुरा गर्ने सिकेलाई जनतालेनै तह लगाउने बताए।

बार्सिलोनाले युनाइटेड र युभेन्ट्सले आयाक्सको सामना गर्ने

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल चरणको ड्र शुक्रबार सार्वजनिक गरेको छ । ड्र अनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । 

पूर्वराजाले भने– ‘देशमा शान्ति छैन’

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको समथल भूमिलाई मधेश नभएर तराई सम्बोधन गर्न आग्रह गरेका छन्। विगत तीन दिनदेखि जनकपुरलाई केन्द्र बनाएर मधेश भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार जानकी मन्दिरमा पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

संघीयता असफल पार्ने चलखेल बढ्यो : सभामुख महरा

संघीय सरकारका सभामुख कृष्ण बहादुर महराले देशमा पछिल्लो समय संघीयता बिरोधी गतिबिधि बढेको बताएका छन्। 

लुटेराहरु बालुवाटार र सिंहदरबारमै छन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुटेराहरु बालुवाटार र सिंहदरबार भित्रै रहेको बताएका छन्। करिब २ साता लामो मेची महाकाली स्वाभिमान यात्राको काठमाडौंमा शुक्रबार समापन गर्दै थापाले विभिन्न घटनाका आरोपिहरुलाई सरकार आफैले संरक्षण गरिरहेको आरोपसमेत लगाए।

तोकिएकै समयमा बन्ने भयो फास्ट ट्रयाक 

नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले निर्माणको काम तोकिएकै समयमा पुरा हुने निष्कर्ष निकालेको हो।

लाखौं ठगी गरी एनजीओ फरार

बाजुराका स्थानीयबाट लाखौं रकम ठगेर कर्णाली एग्रिकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि. भागेको छ। टोल टोलमा समूह गठन गर्दै पैसा संकलन गरेको उक्त संस्था लाखौ रकम संकलन गरेपछि एकाएक जिल्लाबाट भागेको हो। उक्त संस्थाले एक हजार सात सय १० कृषक समूहबाट पाँच सय रुपैयाँका दरले आठ लाख ५५ हजार रकम लगेर संस्थाका पदाधिकारी फरार भएका हुन्।

हर्न बजाउनु हुन्छ ? होसियार ! कारबाहीमा पर्नुहोला 

ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो। महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो।

किन जागिर छाड्छन् प्रहरी अधिकृत ?

०७४ भदौ २७ गते नेपाल प्रहरीका तत्कालीन एआइजी नवराज सिलवालले पदबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक बढुवामा चलखेल भएको भन्दै असन्तुष्ट सिलवालले संगठनमा विद्रोह गर्दै सात महिना कानुनी लडाइँ गर्नुपर्‍यो । अन्ततः उनी संगठनबाट असहज रुपमा बाहिरिए।

न्युजिल्यान्‍डमा आतंककारी हमला (अपडेट) : मृत्यु हुनेकाे संख्‍या ४९ पुग्‍याे

न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारी ले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। यस्तै सो घटनामा परी अन्य २० जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन्।  

नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट : प्रशिक्षक खड्का

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै सबै भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् । शनिबार बंगलादेशविरुद्व हुने खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका हुन् ।

४ सय ४३ प्रहरी जवान हवल्दारमा बढुवा

नेपाल प्रहरीका ४ सय ४३ जवान हवल्दारमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिसको आधारमा उनीहरुलाई बढुवा गरिएको हो ।

माथिल्लो तामाकोसीको बस भीरमा खस्यो, २ को मृत्यु

माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

सिके राउत ओलीका मतियार : सोनल

राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सरकारसँग हालै सम्झौता गरेका सिके राउतलाई नेकपा अध्यक्ष केपी ओलीको मतियार बताउँछन् । जनमत संग्रहको कुरा गरेर राउतले समर्थकलाई ठग्ने काममात्र गरेको उनको भनाइ छ । 

गृहको अपिल- ३५ दिनभित्र सबैले हतियार बुझाउ 

गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ । 

हेटौँडामा फेरि बर्डफ्लु भेटियो, हजारौँ कुखुरा मरे

दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । 

५९ हजार कर्मचारी समायोजन : कुन तहमा कति ? 

सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी दिएका हुन् ।

जिएमसीका विद्यार्थीको पक्षमा उभियो अदालत

गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायतले उच्च अदालत पोखरामा दर्ता गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ । 

हट सिन दिएर करियर बनाउने यी नायिका

बलिउडमा बर्सेनि थुप्रै कलाकारको आगमन हुन्छ। आधिकांश चर्चित हुँदैनन्। कोही गुमनाम हुन्छन्। कोही आफ्नो स्थान बनाउन सफल हुन्छन्। कलाकारले दर्शकको नजरमा नोटिस हुनका लागि विभिन्न तरिकासमेत अपनाउने गरेको पाइन्छ। यहाँ त्यस्तै हट सिन दिएर करियर बनाएका पाँच बलिउड स्टारको चर्चा गरिएको छ।

१६ वर्षीया ग्रेटा नोबल शान्ति पुरस्कारका लागि मनोनित

स्वीडेनकी १६ वर्षीया ग्रेटा थुनबर्ग यस वर्षको नोबल शान्ति पुरस्कारका लागि मनोनित भएकी छन्। गत अगस्टदेखि ग्रेटा एकल रूपमै वातावरण बचाउन लागि परेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।