आइतबार, असोज १८, २०८३

पर्यटन वर्षमा सात दशकयताकै न्यून पर्यटक

सरकारले गत वर्ष २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेको थियो। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- सरकारले गत वर्ष २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेको थियो। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको हो।

तर, सरकारले घोषणा गरेको पर्यटन वर्षामा नेपालमा विगत सात दशकयताकै कम विदेशी पर्यटक भित्रिएका छन्।

गत वर्ष २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। वर्षको सुरुदेखि नै फैलिएको कोरोना भाइरसका कारण पर्यटक न्यून आएका मन्त्रालयले जानकारी दिएको छ। 

पर्यटकको उक्त संख्या अघिल्लो वर्ष सन २०१९ को तुलनामा करिब ८० प्रतिशत कम रहेको मन्त्रालयको भनाइ छ। सन २०१९मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका मन्त्रालयको तथ्यांक छ। 

नेपालमा विदेशी पर्यटक आगमनका लागि सन १९५१ मा खुला गरिएको थियो। विदेशी पर्यटकको तथ्यांक सन १९६४ देखि गणना गर्न थालिएकोमा गत वर्ष हालसम्मकै कम पर्यटक भित्रिएका मन्त्रालयले जानकारी दिएको छ। 

गत वर्ष सबै भन्दा बढी पर्यटक भारत, म्यानमार, थाइल्यान्ड, चीनलगायतका मुलुकबाट आएका छन्।

प्रकाशित: Aug 19, 2021| 06:54 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्