आइतबार, असोज १८, २०८३

३८ अंक बढ्यो नेप्से, २१ अर्बको कारोबार

बुधबार २१ अर्ब ३१ करोडभन्दा बढी रकमका सेयर खरिदबिक्री भएका थिए। जम्मा २२८ कम्पनीका ३ करोड ६५ लाख सेयर १ लाख ८८ हजार ४५४ पटक कारोबार भएको थियो।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- बुधबार पुँजीबजार सूचक नेप्से ३८ अंकले वृद्धि भएको छ। मंगलबार ३१६० मा बन्द भएको नेप्से बुधबार ३२२० अंकको उचाइमा पुगेर ३१९८ बिन्दुमा फर्किएको हो। यो हालसम्मकै उच्च हो। 

बुधबार २१ अर्ब ३१ करोडभन्दा बढी रकमका सेयर खरिदबिक्री भएका थिए। जम्मा २२८ कम्पनीका ३ करोड ६५ लाख सेयर १ लाख ८८ हजार ४५४ पटक कारोबार भएको थियो। 

बुधबार सबैभन्दा बढी कमाउने कम्पनीमा शिवम् सिमन्ट, अरुण कावेली पावर कम्पनी, अरुण भ्याली हाइड्रो र जीवन विकास लघुवित्त कम्पनी छन्। यी सबैको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यस्तै आँखुखोला जलविद्युत महालक्ष्मी विकास बैंक, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

एसबीएल डिबेन्चर २०८२, एनआइबीएल प्रगति फन्ड र एनआइसी एसिया डिबेन्चर ०८२/८३का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। 

प्रकाशित: Aug 18, 2021| 15:26 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्