शनिबार, भदौ २७, २०८३

एनभीएलको फाइनलमा आज कर्णाली र अन्नपूर्ण भिड्दै

 |  शनिबार, भदौ २७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०८३

काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेल आज हुदैछ।

फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा हुने तालिका छन्।

शुक्रबार सम्पन्न प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली फाइनलमा पुगेको हो।

त्यस्तै अन्नपूर्ण भने समुह चरणको खेलमा शिर्ष स्थानमा रहदै सिधै फाइनलमा पुगेको हो। यस अघि समुह चरणमा भएको खेलमा भने कर्णाली शिवराजले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गरेको थियो।

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।

प्रकाशित: Sep 12, 2026| 08:13 शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्