शुक्रबार, साउन १५, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज माघ २६ गते  आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

एसपीको राजीनामा हेडक्वार्टरले किन लिन मानेन?

एसएसपी बढुवा सिफारिसमा असन्तुष्ट एसपी नरेन्द्र उप्रेतीले दिएको  राजीनामा बुझ्न प्रहरी प्रधान कार्यालयले अस्वीकार गरेको छ।

मौसम खुल्दा मुस्कुराएको हिमाल (फोटोफिचर)

तीन दिनको अविरल वर्षापछि आइतबार काठमाडौंको मौसम खुलेको छ। काठमाडौंमा मौसम खुल्दा उपत्याका वरिपरिका डाँडा र हिमालको दृष्य निकै मनमोहक देखिएको छ।

मोटरसाइकल दुघटना हुँदा तीन घाइते

सरस्वती पूजाको दिन मोटरसाइकल दुर्घटना हुँदा जनकपुरमा तीनजना घाइते भएका छन्। जनकपुरबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको अवस्थामा विपरित दिशाबाट आइरहेको ट्रयाक्टर एक आपसमा ठोक्किएपछि जनकपुरको मुजेलियास्थित मैदा मिल नजिक दुर्घटना भएको हो।

गोजीबाट निकालेको नेताले पार्टी हाँक्न सक्दैन – नेपाल

नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राखेका छन्। 

सरस्वती पूजा कि फेसन शो?

विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी जनकपुरसहित देशभर श्रद्धापूर्वक सरस्वती पूजा मनाइएको छ। सरस्वती पूजालाई बालबालिकाले अक्षर आरम्भ गर्ने सर्वोत्तम दिनको रुपमा समेत लिने गरिन्छ। मन्दिर, विद्यालय तथा घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्याप्राप्त हुने धार्मिक विश्वास रहि आएको छ।

महाधिवेशन पछाडि धकेलेर कांग्रेसलाई फाइदा हुँदैन : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशन पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन्। नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशन दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलाई बलियो नबनाउने बताएका हुन्। 

‘कम्युनिस्ट सरकार वीपीको जग्गा हडप्न खोज्दै छ’

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्कालै यथास्थिति मै कायम राख्न र यथाशिघ्र वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ। 

ठेकेदारको लापरवाहीले दुर्घटनाको जोखिम

प्रदेश २ को बारा र पर्साको सदरमुकाम जोड्ने हुलाकी राजमार्गमा दुई दिनदेखि अवरुद्ध यातायात शनिबार साँझदेखि पुनः संचालनमा आएको छ।

एसपीको राजीनामा : राजनीतिक सेटिङले निम्त्याएको आँशु

आइतबार बिहान अपराध अनुसन्धान महाशाखामा अचानक एसपी सापबाट बोलावट भयो। एकछिनमै सबैजना ग्राउन्डमा भेला भए। धेरैलाई लागेको थियो, आज कुनै विशेष अनुसन्धानका लागि इन्चार्जबाट निर्देशन आउदै छ। 

उन्मादमा नचल्न प्रचण्डलाई ईश्वर पोखरेलको खुला चेतावनी  

उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले अध्यक्ष प्रचण्डको अभिब्यक्तिको कटाक्ष गरेका छन् । प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीको कार्यशैलीको विरोध गर्दै फेरि माओवादी जन्मिन सक्ने धम्की दिएको भोलीपल्टै नेता पोखरेल प्रचण्डविरुद्ध उत्रिएका हुन् । 

संगठन भ्रष्ट भएको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

प्रहरी प्रधान कार्यालयले गरेको बढुवाप्रति असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् । संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । 

प्रचण्डले किन दिए भयानक युद्धको धम्की ? 

पार्टी एकीकरण भएको नौ महिनापछि अध्यक्ष प्रचण्डले केपी ओलीलाई सार्वजनिक रुपमै ललकारे । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टी मात्रै जनाएनन्, माओवादी सकियो भन्ने भ्रमले अर्को भयानक युद्ध निम्त्याउने चेतावनी पनि दिए।

विराटनगरमा फेरि टिपरले ज्यान लियो

विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ ।

आफ्नै लापरबाहीले चालकको मृत्यु, १३ घाइते

लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

काभानीको गोलमा पिएसजी विजयी, थोमस म्युनिर घाइते

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पिएसजीले बोर्डुअक्सलाई १-० को साँघुरो जित निकालेको हो । 

१४ एसपी र २६ डिएसपीको बढुवा, को को परे ? 

लामो समयको अन्योलपछि  नेपाल प्रहरीका केही एसपी र डिएसपीको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपी र २६ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिश गरेको हो ।

मनाइँदै श्रीपञ्चमी, यसरी गरिन्छ सरस्वतीको पूजा 

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । 

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।