एसपीको राजीनामा : राजनीतिक सेटिङले निम्त्याएको आँशु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/narendra_upreti-copy_1.jpg

काठमाडौ– आइतबार बिहान अपराध अनुसन्धान महाशाखामा अचानक एसपी सापबाट बोलावट भयो। एकछिनमै सबैजना ग्राउन्डमा भेला भए। धेरैलाई लागेको थियो, आज कुनै विशेष अनुसन्धानका लागि इन्चार्जबाट निर्देशन आउदै छ। 

त्यो खुलदुली र उत्साह एकछिनमै खिन्नता र निराशामा परिणत भयो, जब महाशाखाको कार्यबहाक प्रमुख एसपी नरेन्द्र उप्रेतीले बोल्न थाले। महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप शाह तालिमका लागि  अमेरिका रहेकोले महाशाखाको कार्यबहाक प्रमुखको जिम्मेवारीमा रहेका एसपी नरेन्द्र उप्रेतीले मातहतका कर्मचारीलाई  धन्यबाद दिदै भने,  साथीहरु म आजैका मितिदेखि यो संगठन छोड्दैछु। तपाईहरुको साथ सहयोगप्रति म सदैव धन्य रहनेछु। 

एकछिनमै सबै स्तब्ध भए र महाशाखामा सन्नाटा छायो। इमान्दार र स्वच्छ छविका एसपीको राजीनामा र उनको भावुक विदाइले सबैका आँखा रसाए। 'संभवतः यस्तो नमिठो अवस्था कहिल्यै फिल गर्नुपरेको थिएन, एकजना अधिकृतले भावुक हुँदै भने। उनले भने, यो राजनीतिक सेटिङ र स्वार्थी चलखेलले निम्त्याएको आँशु हो। यो महंगो हुनेछ। उप्रेतीको राजीनामाले गृह र प्रहरी प्रधान कार्यलयमा हलचल मच्चिएको छ भने संगठन पनि तरंगित भएको छ। 

१४ एसपीलाई एसएसपीमा बढुवा गर्ने गृहमन्त्रालयको निर्णयप्रति असन्तुष्टी जनाउँदै उप्रेतीले राजीनामा दिएका हुन्। बढुवाका लागि सबै हिसाबले योग्य हुँदाहुँदै पनि अन्तिम क्षणमा उनको नाम काटिएको थियो भने उनी भन्दा कनिष्ठलाई पनि बढुवामा समावेश गरिएको छ। उनलाई राजीनामा नगर्न धेरै अधिकृतहरुले आग्रह गरेका थिए। तर उनले मानेनन्।

उप्रेतीले सहकर्मीहरुसँग यस्तो अत्याचारको साक्षी बनेर संगठनमा बस्नु हुँदैन भनेका थिए। उनले यस्तो अन्याय र अप्रिय अवस्था अरु सहकर्मीले भाग्नु नपरोस् भन्दै विदा मागेका थिए। 
उप्रेतीभन्दा जुनिएर अधिकृतहरुलाई बढुवामा पारिएको छ। बढुवामा परेका टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल उप्रेती भन्दा जुनियर हुन्। उप्रेतीले वारा, रसुवा, सिन्धुली र उदयपुरलगायतका जिल्लामा कमान्ड समालेका थिए भने अहिलेका आइजीपी सर्वेन्द्र खनालसँग प्रहरी परिसर र महाशाखामा काम गरेका थिए। 

संगठनमा २४ वर्ष निष्ठा र सेवा भावले काम गरेको बताउँदै उप्रेतीले भने, सरकारले योग्य ठानेन होला। अब पद ओगटेर बस्नुको अर्थ छैन। बरु मैले छोड्दा एकजना सक्षम डिएसपीलाई अगाडी बढ्ने मौका मिल्ने छ।

शुक्रबार बेलुकासम्म एसएसपी बढुवाको सूचीमा रहेका उप्रेतीको नाम शनिबार दिनभरको चलखेलबाट काटिएको थियो। शनिबार मध्यरातमा गृहमन्त्रालयले १४ जना एसएसपीको बढुवा गर्दा उनको नाम नदेखेपछि धेरै अधिकृतहरु अचम्मित भएका थिए। कार्यक्षमता, अनुभव र योग्यताभन्दा पनि राजनीतिक सेटिङमा बढुवा सूची तयार गरिएको र त्यही चलखेलको सिकार उप्रेती भएको स्रोतले बतायो। 

जुनियरलाई बढुवा गर्न नियम संशोधन

गत पुस २९ गते मन्त्रिपरिषद बैठकले एकाएक प्रहरीको बढुवा सम्बन्धी नियमाबली संसोधन गरेको थियो। यसका पछाडि जुनियर अधिकृतहरुलाई बढुवा पार्ने डिजाइन र राजनीतिक सेटिङ थियो। यदि त्यो नियमावली संशोधन नभएको भए  एक सय आठ ब्याजका सिनियर एसपीहरुको स्वभाविक बढुवा हुन्थ्यो। त्यसमा उप्रेती स्वभाविक रुपले अगाडि थिए। तर एक सय दस ब्याज जुनियरलाई एसपीहरुलाई समावेश गर्न यो नियमावली संशोधन गरिएको हो।

झन्डै एक वर्षदेखि रिक्त रहेका एसएसपी पद पुर्ति गर्न सरकार मौन रहनु र नियमावली संशोधन गरेको दुई हप्तामै हतार हतारमा बढुवाको सूची निकाल्नुका पछाडि ठूलै चलखेल रहेको स्रोत बताउँछ।

थप पढ्नुहोस्

प्रहरीलाई खेलौना बनाउँदैछ कम्युनिस्ट सरकार 

संगठन भ्रष्ट भएको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

१४ एसपी र २६ डिएसपीको बढुवा, को को परे ? 

पालो मिचेर एसपी बढुवा गर्न प्रहरी नियमावली नै संशोधन

कनिष्ट र विवादस्पद एसपीलाई बढुवा गर्न गृहबाटै चलखेल

होटलबाटै एसएसपी बढुवा सूची बनाउँदै गृहमन्त्रीका छोरा





प्रतिक्रिया