आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर कारोबार गर्ने भए नेप्सेका सीईओले कम्पनी खोल्नु : झाँक्री

सेयर कारोबार गर्ने भए नेप्सेका सीईओले कम्पनी खोल्नु : झाँक्री

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिइैओले सेयर कारोबार गर्न नमिल्ने बताएकी छिन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिइैओले सेयर कारोबार गर्न नमिल्ने बताएकी छिन्। सोमबार संसदको अर्थ समितिमा उनले सेयर कारोबार गर्ने हो भने नेतृत्वमा नभई कम्पनी खोलेर बस्नुपर्ने बताइन्। 

बजारमा साना लगानीकर्ता आएकाले नियामकमा बस्नेले नै सेयरको अस्वाभाविक कारोबार गर्दा राम्रो सन्देश नजाने उनको भनाइ थियाृ। 

सिइओले श्रीमतीको नाममा सेयरको कारोबार गर्ने कम्पनीसँग जवाफ माग्न पनि नमिल्ने उनले बताइन्। ‘यो कारोबारले नैतिकतामा प्रश्न उठेको छ,’ उनले समिति बैठकमा भनिन्, ‘विनियमावली अनुसार कारोबार गरेको भन्न कसरी मिल्छ? आफू २५० मा सेयर किन्ने अनि लगानीकर्तालाई किन ७५० मा बेच्ने?’ यस विषयमा अर्थ मन्त्रालयलाई स्पष्टीकरण सोध्नुपर्ने झाँक्रीले माग गरिन्।

नेप्सेका सिइओ चन्द्र साउदले भने ऐनकानुन अनुसार नै सेयर खरिद गरेको र यो देशको नागरिक भएकाले कारोबार गर्न पाउनुपर्ने बताएका थिए।

प्रकाशित: Aug 16, 2021| 12:44 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्