काठमाडौं- सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरपारेरमहिनाव्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ।
बैंकले देशव्यापी कार्यक्रम अर्न्तगत वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढी, घोराही, दमकशाखाहरmमारक्तदानकार्यक्रमको आयोजनागरेको थियो र धादिङ्गवेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान ,रुकुम ,ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई जनही को छात्रवृत्ती प्रदान गरेको छ।
पुनश्च बैंकले वार्षिकोत्सवकै दिनमापशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्ममलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनिवहन गरेको थियो साथै कमलादीशाखा, काठमाण्डांैमा रक्तदानकार्यक्रमको आयोजना गरेको थियो।
बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदाआफूलाई खुशीलागेको कुरा बैंककानिमित्तप्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरयसअनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४