आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले निर्देशन दिए अफगानिस्तानबाट नेपाली ल्याउन नेवानि तयार

सरकारले निर्देशन दिए अफगानिस्तानबाट नेपाली ल्याउन नेवानि तयार

नेपाल वायुसेवा निगमले सरकारले निर्देशन दिएमा अफगानिस्तानमा रहेका नेपाली ल्याउन तयार रहेको जनाएको छ। परराष्ट्रबाट निर्देशन भएमा नेपालीलाई स्वदेश फर्काउन जहाज पठाइने नेवानिका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं–  नेपाल वायुसेवा निगमले सरकारले निर्देशन दिएमा अफगानिस्तानमा रहेका नेपाली ल्याउन तयार रहेको जनाएको छ। परराष्ट्रबाट निर्देशन भएमा नेपालीलाई स्वदेश फर्काउन जहाज पठाइने नेवानिका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए। 

उनले नेपाल समयसँग भने, ‘हामीले परराष्ट्र मन्त्रालयका अधिकारीसँग नेपाली फर्काउने विषयमा कुराकानी गरिरहेका छौं। अनुमति पाएपछि उडान टुंगो लाग्नेछ।’ परराष्ट्रले राष्ट्रिय ध्वजावाहकको सुरक्षा ग्यारेन्टी गरेपछि मात्र उडान हुने उनको भनाइ छ।

अफगानिस्तानको अवस्था तनावग्रस्त भएपछि अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका छन्। नेपाल सरकारले भने त्यहाँ कार्यरत नेपालीको उद्धारको योजना र तयारी तय गरेको छैन। अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन। अनौपचारिक तथ्यांकअनुसार त्यहाँ १५ सय हाराहारीमा नेपाली छन्। 

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्साल हालसम्म अफगानिस्तानमा रहेका नेपाली सुरक्षित रहेको बताएकी छन्। उनले मन्त्रालयले त्यहाँको अवस्था नजिकबाट नियालिरहेको बताइन्। 

प्रकाशित: Aug 15, 2021| 16:25 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्