शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याट्री समस्याको समाधान, ओपोको सुपर भोक चार्जिङ प्रविधि

ब्याट्री समस्याको समाधान, ओपोको सुपर भोक चार्जिङ प्रविधि

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं - अत्याधुनिक प्रविधिको सोमबारको युगमा पनि ब्याट्री सम्बन्धिसमस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ। आवश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः हामी सबै अभ्यस्त छौँ। 

ब्याट्री समस्याझेल्ननपरोस् भन्ने सोचका साथ हामीमध्य अधिकांश अझै पनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ। कुनै ठाउँमा आरामगर्दा चार्जिङ पोर्ट खोज्नु हामी मध्य अधिकांशको बानी झैँ भइसकेको छ। 

यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधानदिने सोचका साथसन् २०१४ मा ओपोले आफ्नो ‘प्रोप्राइटरी र्‍यापिड चार्ज’प्रविधि, भोक फ्ल्याशचार्जको घोषणा गर्दा धेरैका लागिखुशीको खबर बन्न पुग्यो। साधारण ५भी-१ए चार्जरका तुलनामा भोक फ्ल्याशचार्जले चार गुणा तिब्र गतिमाचार्जिङ सुविधा दिने क्षमता राख्छ। यही क्षमताका कारण ओपोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो। ब्राण्डकाअनुसार हालविश्वबजारमा १० करोडभन्दा बढी यो प्रविधि सुसज्जितफोनहरु विक्रिभइसकेका छन् । 
 
कम्पनीको प्रगतियती मै रोकिएन। सन् २०१६माकम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्‍यो। अहिले विश्वबजारमा स्मार्टफोनकालागि यो नै सर्वाधिकतिब्र गतिमाचार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ।
 
अध्ययन: सुपर भोक पूर्ण सुरक्षित

तिब्र गतिमाचार्जिङ सुविधाउपलब्ध गराउने १०भी-५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगकालागि सुरक्षित छ त? विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी र्‍हायनल्याण्डले यो प्रविधिवास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ। 

टीयूभी र्‍हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओपोको आर १७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि‘हेभी ड्यूटी’मात्र नभइ चार्जिङ कार्यका लागि वास्तवमै निकै तिव्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ। संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभलमात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्मपुगेको जानकारी दिइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्