काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ। बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो।
देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन्। यो सुविधाको सुरुवातसँगै बैंकमा खाता खोल्न बैंक धाउनुपर्ने पारम्परिक परिस्थितिको न्युनिकरण हुने विश्वास बैंकले लिएको छ।
यसबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको अनलाइनमा नै खाता खोल्न सक्नेछन्। यस अगावै पनि सूचनातथा संचार प्रविधिमाआएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले प्रदान गर्दै आएको छ।
नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४