आइतबार, असोज १८, २०८३

सेयर बजारको दैनिक कारोबारमा रेकर्ड

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबार २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दैनिक कारोबारमा यो रकम अहिलेसम्मकै उच्च हो।

कारोबार रकम बढे पनि नेप्से परिसूचक भने घटेको छ। नेप्से २४.५७ अंकले घटेर ३१५४.३ अंकमा अडिएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको असर सेयर बजारमा देखिएको लगानीकर्ताले बताएका छन्। 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाइ गर्ने प्रावधान ल्याएको छ।

आइतबार बजार खुलेदेखि नै बिक्रीको चाप बढेको थियो। किन्नेभन्दा बेच्ने बढी भएपछि नेप्से सूचकमा गिरावट आएको हो।

मौद्रिक नीतिले एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउने व्यवस्था गरेको थियो, जसको असर आइतबारको बजारमा परेको बताइएको छ।

आइतबार बजार खुलेको दुई घण्टा नपुग्दै नैप्सेमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएको थियो।  बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूह भने बढेको छ। ऋणपत्र जारी गर्न दिने व्यवस्थाले माइक्रोफाइनान्स समूह सकारात्मक बनेको हो।

आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १३ मध्ये ३ वटा समूहमा हरियाली देखिएको छ। ३ कम्पनीको भाउ बढेर सर्किट ब्रेकर लागेको छ। 

नेपाल बैंकको मात्रै सबैभन्दा बढी १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन  डिष्टिलरी र अपि पावर छन्। 


प्रकाशित: Aug 15, 2021| 15:10 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्