शनिबार, साउन १२, २०८१

शेरबहादुर दाइ! मन परेन भन्न पाइ कि नपाइ?

चार वर्षे कार्यकाललाई साढे पाँच वर्ष पुर्‍याएर पनि महाधिवेशन गर्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन।
 |  शनिबार, साउन ३०, २०७८

खिला कार्की

खिला कार्की

शनिबार, साउन ३०, २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि समाजिक सञ्जालमा देउवाले विगतमा गरेका कामको चर्चा सुरु गरियो। 'शेरबहादुर देउवा मलाई मन पर्छ किनभने...' भनेर प्रतिष्ठितदेखि आम नागरिकको ‘भिडियो क्लिप’ सार्वजानिक गरियो। यो विषयले सामाजिक सञ्जालमा मात्र होइन, कांग्रेसभित्रै पनि ठिक कि बेठिक भन्ने बहस गरायो।  

triton college

कतिपयले यो ठिक हो भने। कतिपयले यसलाई हलुका र प्रोपागान्डा भने। कांग्रेस नेता कार्यकर्ताले आफ्नो नेता र आफ्नो पार्टीको सरकारले गरेका कामको प्रचार नगरेका कारण कतिपय राम्रा कामको पनि जस पाएको छैन। त्यसकारण यसरी प्रचार गर्नु ठिकै होला। तर जब देउवा प्रधानमन्त्री बने त्यसपछि भएको प्रचार शैलीले कतै राज्यकोषलाई भार पर्ने गरी यो अभियान थालियो कि भनेर विरोध सुरु भयो। विरोधको शंका गर्ने पनि ठिकै होला।  

शेरबहादुर देउवा व्यक्ति मन पर्छ कि पर्दैन भन्ने धेरै महत्वपूर्ण विषय होइन। तर मुलुकको प्रधानमन्त्री, नेपाली कांग्रेसको सभापति मन पर्छ कि पर्दैन भन्दा पनि उनले गरेका काम ठिक छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण हो। यी दु्ई पदमा रहेका शेरबहादुर देउवालाई मन पराउने कि मन नपराउने भन्ने टुंगो पनि उनले गर्ने गतिविधिले तय गर्छ। गरेको पनि छ।  

सर्वप्रथम नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले गरेका गतिविधि मन पराउने खालका छन् कि छैनन् त्यो चर्चा गर्न आवश्यक छ। कांग्रेस सभापतिका रूपमा सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको विधान अनुसारको कार्यकाल पूरा गरिसके। नेपालको संविधानले दिएको सुविधा अनुसारको कार्यकाल पनि व्यतीत गर्ने सम्मुख छन्, उनी। आफ्नो कार्यकालमा सभापतिका रुपमा शेरबहादुर देउवाका गतिविधि आम कांग्रेसजन र आम नागरिकले मन पराउने छन् त? अहिले ज्वलन्त प्रश्न बनेको छ।

शेरबहादुर देउवा लामो समयसम्म पार्टीको तत्कालीन संस्थापन पक्षले विधि र पद्धतिअनुसार पार्टी सञ्चालन गरेन भनेर विद्रोह गर्दै पार्टी विभाजनसम्मको बाटो तय गरेर फेरि मूल पार्टीमा फर्केर नेपाल कांग्रेसको सभापति बनेका हुन्। त्यसकारण पनि देउवाले हिजो संस्थापन पक्षले बसाउन नसकेको विधि र पद्धति पनि बसाएको भए शेरबहादुरको नाम सुन्न नचाहनेलाई पनि सायद मन पर्दथ्यो होला। पार्टीलाई हिजोको संस्थापन पक्षले भन्दा भताभुंग बनाएको, कांग्रेसलाई कांग्रेसको आर्दश सिद्धान्त बाँकी नराख्ने कांग्रेस बनाउने सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन। 

Metro Mart
vianet

त्यति मात्र होइन, आज कांग्रेस ‘कोल्याप्स’ हुने अवस्थामा छ। भदौ २३ गते महाधिवेशन भएन भने कांग्रेस रहँदैन कि भन्ने शंका छ। भदौ २३ गते महाधिवेशन उद्घाटन हुन नसके साढे ५ वर्षमा पनि महाधिवेशन नगरेर कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुग्ने छ। पार्टीको महाधिवेशनका विषयमा आकांक्षीहरुका आ–आफ्ना स्वार्थ हुन सक्दछन्। तर पार्टी सभापतिका कुनै स्वार्थ हुनु हुँदैनथ्यो।

 उनको स्वार्थ भएपनि अरुको भन्दा फरक हुन्छ। पार्टीको सभापतिमा निर्वाचित भएपछि पार्टीको नेतृत्व गर्नु र समयमा महाधिवेशन गर्नु उसको पहिलो र अन्तिम स्वार्थ हुनुपर्दथ्यो। त्यही पहिलो र अन्तिम स्वार्थ पूरा गर्न नसक्ने नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा मलाई मन पर्छ भनेर कसरी भन्नु? त्यसकारण यस्तो कांग्रेसको सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन। 

अब बाँकी रह्यो, नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन पराउन कि मन नपराउने भन्ने पनि उनका गतिविधिमा निर्भर हुने हो। विगतमा चार पटकका प्रधानमन्त्री शेरबहादुर देउवाका केही काम मन पर्लान्। तर अधिकांश काम मन पर्ने थिएनन्। यो पटक विषम परिस्थितिमा देउवाले प्रधानमन्त्रीको पद सम्हालेका छन्। देउवा प्रधानमन्त्री भएको पनि एक महिना पुगिसक्यो।  सामान्य अवस्थामा एक महिना होइन, सरकारको तीन महिनाको अवधिलाई हनिमुन अवधि भनिन्थ्यो। तर शेरबहादुर प्रधानमन्त्री बन्दा हनिमुन अवधिको छुट पाउने अवस्था थिएन। अघिल्ला प्रधानमन्त्री केपी ओलीको साढे तीन वर्षे कुशासनका कारण प्रतिनिधिसभाका १६५ जना सांसदले मात्र प्रधानमन्त्री बनाएका हैनन्। ओलीको प्रतिगामी कदमका विरुद्ध उत्रिएको सिंगो नागरिक समाज लगायत आम नागरिकले बनाएका प्रधानमन्त्री हुन् देउवा। सर्वोच्च अदालतले संविधान मिच्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई अनुचित भनेका कारण देउवा प्रधानमन्त्री भएका हुन्। 

त्यसकारण, एक महिनासम्म पनि सरकारलाई पूर्णता नदिने छुट शेरबहादुर देउवालाई थिएन। एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्रीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ। केपी ओलीको विकल्पमा शेरबहादुर देउवा प्रधानमन्त्री भए भन्दा आम नागरिकले धेरै आशा गरेका थिएनन्। किनभने देउवा पहिलो पटक प्रधानमन्त्री बनेका हैनन्। उनको कार्यक्षामताका बारेमा आम नागरिक जानकार थिए। त्यसैले उनलाई आम नागरिकले मन पराउनका लागि धेरै काम गर्नुपर्ने पनि थिएन। मन्त्रिपरिषद् विस्तार समयमा गरेको भए, भएको कोरोना विरुद्धको खोपलाई व्यवस्थित वितरण गरेको भए, नागरिकलाई सरकारले दिने सेवालाई सहज बनाउने लगायतका केही काम गरेको भए सबैले मन पराउने थिए। तर एक महिनामा प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाले यी काम गर्न त सकेनन नै। गर्छन् कि भन्ने आशा जगाउन पनि सकेका छैनन्। 

त्यसैले अन्त्यमा भन्नै पर्ने हुन्छ, पार्टी सभापतिका रुपमा चार वर्षे कार्यकाललाई साढे पाँच वर्ष पुर्‍याएर पनि महाधिवेशन गर्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन। विषम परिस्थितिमा एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवा मलाई मन पर्दैन। शेरबहादुर दाइ, यति भन्न पाइ कि नपाई?

प्रकाशित: Aug 14, 2021| 17:25 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...