बिहीबार, साउन १४, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

 |  बुधबार, मंसिर १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको छ।

यसअघि मंसिर ११ गते बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब मंसिर १२ गते शुक्रबार दिउँसो २ बजे बस्ने भएको पार्टीले जनाएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: Nov 26, 2025| 21:00 बुधबार, मंसिर १०, २०८२
प्रतिक्रिया दिनुहोस्